Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

विद्यार्थीलाई ट्राफिक शिक्षा

बुधबार, २६ साउन २०७३

भक्तपुर - महानगरीय ट्राफिक कार्यालय ललितपुरका प्रमुख, प्रहरी निरीक्षक सिताराम हाछेथुले भक्तपुरका विद्यार्थीलाई सडक सुरक्षा र ट्राफिक शिक्षाबारे व्यवहारिक ज्ञान दिएका छन् ।

भक्तपुरको एभरेष्ट इंगलिस स्कुलका कक्षा १० का विद्यार्थीलाई उनले चालक, पैदलयात्री, छाडा गाईवस्तु र गाडीको लापरवाहीका कारण हुने सडक दुर्घटनाका बारेमा वृत्तचित्र र तस्वीर समेत देखाएका थिए ।

निरीक्षक हाछेथुले सडक प्रयोग गर्दा विद्यार्थीलाई चनाखो रहन र अनुशासित हुन आग्रह पनि गरे । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी निरीक्षक कमलकुमार बडुवालको पनि उपस्थिति थियो ।

प्रकाशित मिति २०७३ साउन २६ गते

प्रतिक्रिया