Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

यो बर्ष ३० जिल्ला साक्षर घोषणा हुने

बुधबार, २६ साउन २०७३

भक्तपुर – अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले यो शैक्षिक सत्रमा ३० वटा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने योजना बनाएको छ ।

अघिल्लो वर्ष २०७२ सम्ममा २९ वटा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिसकेको उक्त केन्द्रले यो वर्ष भने ३० जिल्लालाई साक्षर बनाउने योजना बनाएको हो ।

साक्षर जिल्ला घोषणा गर्न सक्षम जिल्लाले केन्द्रमा कार्ययोजना पेश गर्न सकिने केन्द्रका निर्देशक दिवाकर ढुंगेलले बताए । उनले साक्षर जिल्ला घोषणाका लागि बजेट पनि छुट्टिसेकेको जानकारी दिए ।

साक्षर जिल्ला घोषणा गर्नका लागि कार्ययोजना सहित केन्द्रमा प्रस्ताव र निवेदन पेश गरेका जिल्लालाई रु. तीन लाख व्यवस्थापन खर्चको रुपमा दिइने ब्यवस्था छ ।

प्रकाशित मिति २०७३ साउन २६ गते

प्रतिक्रिया