Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

हिमालबारे पढाई गर्न एकेडेमीको पहल

बुधबार, २६ साउन २०७३

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले हिमालबारे पठा पाठन गर्ने गरी नेपालमा माउण्टेन सम्बन्धि अध्ययन गर्ने एकेडेमी स्थापना गर्न पहल गर्ने बतएका छन् । सगरमाथा आरोही संघका प्रतिनिधि मण्डलसँग सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘नेपाल हिमालयको देश हो । विश्वभरका मानिसले नेपालमा आएर माउण्टेन सम्बन्धि अध्ययन गर्नका लागि नेपाल माउण्टेन एकेडेमी स्थापना गर्न पहल गर्नेछु ।’ प्रधानमन्त्रीले भने ।

भेटमा आरोहीहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै आरोहण सम्बन्धि सम्भावना र जटिलताबारे जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति २०७३ साउन २६ गते

प्रतिक्रिया