Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

नर्सिङका ३५ छात्रा एकैचोटी बिरामी !

बुधबार, २६ साउन २०७३

काठमाडौं २६ साउन / बिर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण आज एकै चोटि बिरामी भएका छन् ।

बिहान अचानक झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछि ती छात्रालाई स्थानीय बिर्तासिटी हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ । इन्स्टिच्यटका प्रिन्सिपल रचिता न्यौपानेले बिहान पाँच जनालाई झाडाबान्ता देखा परेको र अरु पनि बिरामी होलान् जस्तो भएपछि सबैलाई हस्पिटल लगिएको बताउनुभयो ।

हस्पिटलको आकस्मिक विभागका डा सुदीप भट्टराईले छात्रामा ‘अननोन कज फुड प्वाइजन’ देखिएको बताउनुभयो ।

हस्पिटलका सञ्चालक ध्रुव शिवाकोटीले आधाभन्दा बढी छात्रा उपचारपछि हस्पिटलबाट डिस्चार्ज भइसकेको र उनीहरूले सोमबार बेलुकीको खानामा मटरको तरकारी खाएको जानकारी दिनुभयो ।

स्टाफ नर्सिङ पढाइ हुने सो इन्स्टिच्युटमा सयभन्दा बढी अध्ययनरत छन् । छात्रावासमा ८० जना बस्दै आएका छन् ।

हस्पिटलका चिकित्सकले अधिकांश बिरामीको अवस्था सामान्य नै रहेको बताएका छन् ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया