Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

मातृभाषामा पढ्न पाउनुपर्ने माग

बुधबार, २६ साउन २०७३

काठमाडौं २६ साउन / आदिवासी जनजातिले मातृभाषामा विद्यालयमा पठनपाठन गर्न पाउनुपर्ने भन्दै संयुक्त राष्ट्रसङ्घको काठमाडौँ कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।  आदिवासी जनजाति भेला भएर नगर परिक्रमा गरेर अनिवार्य रूपमा मातृभाषामै अध्यापन गराउने वातावरण नेपाल सरकारले उपलब्ध गराउनुपर्ने भन्दै उक्त ज्ञापनपत्र बुझाएको हो ।

संयुक्त राष्ट्रसङ्घले अगस्ट ९ तारिखलाई विश्व मातृभाषा दिवस घोषणा गरेपछि नेपाल सरकारले उक्त घोषणालाई अनुमोदन गरे पनि अहिलेसम्म मातृभाषामा विद्यालयमा पठनपाठन गर्ने व्यवस्था नमिलाएकाले दबाब स्वरूप सङ्घको ध्यानाकर्षण गरेको नेवाः स्कुल नेवाः वस्तीका अध्यक्ष दीपक तुलाधरले गोरखापत्रलाई बताउनुभयो ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया