Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

नयाँ शिक्षा मन्त्रीको नाम अनुमोदन हुन सकेन, टुङ्ग्याउने जिम्मा अध्यक्षलाई

मंगलबार, २५ साउन २०७३

काठमाडौं - नयाँ शिक्षा मन्त्री सहित अन्य मन्त्रीको नाम अनुमोदन गर्न बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकमा सहमती हुन नसकेपछि टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष पुष्पकमल दाहाललाई नै दिदैं बैठक सकिएको छ । मंगलबार झण्डै ४ घण्टा बसेको बैठकमा सहमती नजुटेपछि यी नामहरुका बारेमा अध्यक्षबाटै अन्तिम निर्णय गर्ने सहमती बनेको होे ।

शिक्षामा धनीराम पौडेल अर्थात् डिआर पौडेल, उर्जामा जनार्दन शर्मा,  काूनूनमा प्रभु साह, सूचना तथा सञ्चारमा राम कार्की, र यस अघि शिक्षामा भनिएका हितराज पाण्डेलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाउने भन्दै बैठकमा छलफल गरिएको थियो । तर, अनुमोदनका लागि ल्याईएका नाममा महिलाको प्रतिनिधित्व नभएको तथा क्षेत्रगत सन्तुलन नमिलाईएको भन्दै ब्यापक विरोध भए पछि सहमती हुन नसकेको श्रोतले जनायो ।  

'अध्यक्षलाई नै जिम्मा दिनुको मतलव यी नामहरु स्विकृत हुन्छन् भन्ने बुझ्न सकिन्छ' श्रोतले भन्यो, 'महिलालाई राज्यमन्त्री बनाउने गरी अध्यक्षबाट यीनै नाम भोली फाईनल हुन्छ, सम्भवत सपथ पनि भोली बुधबार नै हुन्छ ।'

मन्त्री हुने आकांक्षिहरुको संख्या ठूलो भएपछि माओवादीलाई नाम टुङ्ग्याउन सकस परेको थियो । सत्ता समिकरणका आधारमा मात्रै नभई आन्तरिक रुपमा पनि मिलाउनु पर्ने भएकोले नाम टुङ्ग्याउन गाह्रो भएको थियो ।

पढ्नुहोस् : नयाँ शिक्षा मन्त्री पौडेल, मन्त्री चयन ढिलो हुनुका भित्रि कुरा

यसका बावजुद माओवादीकै आन्तरिक सन्तुलन मिलाउनु पर्ने भएकाले शिक्षा मन्त्रीमा पौडेलको नाममा लगभग सहमती भएको हो । पौडेल नारायणकाजी समुह अर्थात् एकता केन्द्र पृष्ठभूमिका नेता हुन् । यस अघि माओवादीबाट शिक्षा मन्त्री भएका गिरिराजमणि पोखरेल पनि यही समूहका हुन् ।

यस अघि पाण्डे र पौडेल मध्ये एक जना शिक्षा मन्त्री हुने भनिए पनि सरकारमा जाँदा उक्त समूहबाट पनि प्रतिनिधित्व गर्नु पर्ने भन्दै पौडेलको नाममा पोखरेलले तिव्र लविङ् गरेका थिए । पौडेल पोखरेलका विश्वास पात्र मानिन्छन् ।

प्रकाशित मिति २०७३ साउन २५ गते

प्रतिक्रिया