Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

हल्ला गरेको भन्दै मुड्की हानेपछि विद्यार्थी बेहोस

मंगलबार, २५ साउन २०७३

काठमाडौं २५ साउन / शिक्षकको कुटाइबाट एक छात्रा सिकिस्त भएकी छन् । बझाङको झोतास्थित भैरवनाथ उमाविमा कक्षा ८ अध्ययनरत छात्रा दीपा पार्कीलाई विद्यालयका शिक्षक धु्रब शाहीले पिट्दा सिकिस्त भएकी हुन् ।

उनको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्थामा सुधार भइरहेको दीपाका दाजु इन्द्रले बताए । कक्षामा हल्ला गरेको भन्दै शाहीले कपाल लुछेर तालुमा एक मुड्की हानेपछि दीपा बेहोस भएकी थिइन् ।

शिक्षकले मुड्की हान्दा टाउको बेन्चमा ठोकिएको र त्यसपछि बेहोस भएको दीपाका सहपाठीले जानकारी दिएको दाजु इन्द्रको भनाइ छ ।

बेहोस भएको केही बेरपछि शिक्षक शाहीले बेहोस भएको स्वाङ पार्छस् भनेर फेरि अर्को मुड्की हानेको इन्द्रले बताए । दीपाको टाउकोमा नीलडाम छन् । छात्रा बेहोस भएपछि विद्यालयले नै तत्काल गाडी रिजर्व गरेर उपचारका लागि पठाएको थियो । विद्यालयले शिक्षकको बचाउ गर्दै छात्रा आफै बेहोस भएको र पहिले पनि बेहोस हुने गरेको जनाएको छ ।

कान्तिपुरमा बसन्तप्रकाश सिँहले लेखेको खबर ।

प्रतिक्रिया