Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

कक्षा १२ विज्ञानको नतिजा सार्वजनिक हुदै, नतिजा एडुखबरमा

आइतबार, २३ साउन २०७३

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको नतिजा आईतबार सार्वजनिक गर्दै छ । गत बैशाखमा भएको परीक्षाको नतिजा सार्वजनिक गर्ने सबै प्रकृया पुरा भएको बोर्डले जनाएको छ । साँझ सम्म नतिजा प्रकाशनको तयारी भएको बोर्डले जनाएको छ ।

नतिजा एडुखबरबाट थाह पाउन सकिने छ । परीक्षामा झण्डै ४० हजार सहभागि भएको बोर्डले जनाएको छ ।

गत शुक्रबारनै प्रकाशित हुने नतिजा बोर्डमा पदाधिकारी खाली भएका कारण अन्यौलमा परेको थियो ।

पढ्नुहोस् : गठन भएको ३९ औं दिनमै खाली भयो परीक्षा बोर्ड, नतिजा प्रकाशनको काम प्रभावित

यस्तो अन्यौल भएको खबर सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले हतार हतार निर्णय गरेर परीक्षाफल प्रकाशनको अधिकार परीक्षा नियन्त्रकलाई दिने निर्णय गरेको थियो ।

पढ्नुहोस्:

उक्त निर्णयको प्रति बोर्डमा पुगेसंगै नतिजा सार्वजनिक गर्ने तयारी शुरु भएको हो ।

प्रकाशित मिति २०७३ साउन २३ गते

प्रतिक्रिया