Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

दुई दिनमा तीन शिक्षकलाई मुद्धा !

शुक्रबार, २१ साउन २०७३

काठमाडौं - बढुवाका लागि झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनमा तीन शिक्षकलाई मुद्धा दायर गरेको छ । यी मध्ये रोल्पाका दुई शिक्षकले भारतको फलिजाबादको एउटै कलेजको प्रमाणपत्र पेश गरेकोमा दुवैको नक्कली भएको अख्तियारको दावी छ ।

गंगा प्राथमिक विद्यालय पञ्चीकोट घोडा गाँउ–६ रोल्पाका प्राथमिक तहका शिक्षक, सुवर्ण शाही (सेन) ले बढुबाका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा हालेको हो ।

यसैगरी रामेश्र्वरी उच्च माध्यामिक विद्यालय घोडा गाँउ– ६ रोल्पाका प्राथमिक तहका शिक्षक, नयन कुमारी शाहीको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको भन्दै अद्यितयारले मुद्धा दायर गरेको छ । यी दुवै जनाले भारतको माध्यामिक शिक्षा परिषद् अन्तर्गत गल्र्स ईण्टर कलेज फलिजावादको शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरेका अख्तियारको दावी छ ।

अख्तियारले बिहीबार मात्रै कालिका मा.वि. नेत्रपानी जम्वुकँध–१ दैलेखका प्राथमिक तहका शिक्षक, कृष्ण बहादुर शाहीले पेश गरेको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको अख्तियारको दावी छ ।

उनले शिव दुलारी मा.वि. सानपुर, सारण, बिहारबाट मध्यमा तहको परीक्षा उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरेको अख्तियारको दावि छ ।

प्रकाशित मिति २०७३ साउन २१ गते 

प्रतिक्रिया