Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

बाढीले ४७ विद्यालयमा क्षति

शुक्रबार, २१ साउन २०७३

कपिलवस्तु - अविरल वर्षासँगै आएको बाढीले कपिलवस्तुका विभिन्न स्थानका ४७ वटा विद्यालयमा क्षति गरेको छ । गत साउन ११ गते आएको वाढिले धेरै क्षति पुर्याएको जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले जनाएको छ । डुवानमा परेका विद्यालयको पर्खाल भत्किए पछि कक्षा कोठासम्म असर पुगेको छ । बाढी कक्षा कोठामा छिर्दा विच्छ्याईएको कार्पेट, शैक्षिक सामग्रीहरु, कम्प्युटर, पानि तान्ने मोटर समेतको क्षति भएको छ ।

भौतिक निर्माणका लागि थुपारेर राखेको गिट्टी, वालुवा र सिमेन्ट डुवानमा परी क्षति भएको सहायक जिल्ला शिक्षा अधिकारी एवं सूचना अधिकृत वावुराम भट्टराइले जानकारी दिए । डुवानमा परेका विभिन्न स्थानका विद्यालयहरुको विवरण संकलन गरी सम्बन्धित निकायमा  पेश गरिसकेको उनले जानकारी दिए । बाढीको कारण जिल्लामा ४ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति २०७३ साउन २१ गते

प्रतिक्रिया