Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

कक्षा ११ र १२ को रिजल्ट प्रकाशनको जिम्मा एडुखबरलाई, विज्ञानको नतिजा चाँडै

शुक्रबार, २१ साउन २०७३

भक्तपुर - कक्षा ११ र १२ को नतिजा प्रकाशनको जिम्मा एडुखबरले पाएको छ । गत बर्ष जस्तै यो बर्ष पनि नतिजा प्रकाशनको औपचारिक स्विकृति पाएको एडुखबरको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नासाथ एडुखबरको होम पेजमा नतिजा हेर्ने ब्यवस्था मिलाईने छ । त्यहाँ विद्यार्थीले आफ्नो सिम्बोल नम्बर टाईप गरेपछि सजिलै नतिजा थाह पाउन सक्ने छन् । नतिजा प्रकाशनको कामलाई संस्थाले 'सामाजिक उत्तरदायित्व' भनेको छ । 

गत बर्ष उच्च माध्यमिक शिक्षा परिषद्संग नतिजा प्रशानको सम्झौता भएको थियो । यो बर्ष शिक्षा ऐन लागू भएसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डले तय गरेको आवश्यक प्रकृया पुरा गरेसंगै नतिजा प्रकाशनको जिम्मा एडुखबरले पाएको हो । 

यसैविच बोर्डले सबै भन्दा पहिला कक्षा १२ को बिज्ञानको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले नतिजा टेबुलेसन गर्ने काम भईरहेको छ परीक्षा नियन्त्रण कार्यालय श्रोतले भन्यो, कुनै त्रुटि आएन भने एक दुई दिनमै नतिजा सार्वजनिक हुन सक्छ ।

गत बैशाखमा भएको विज्ञानको परीक्षामा झण्डै ४० हजार विद्यार्थी सहभागि छन् ।

प्रकाशित मिति २०७३ साउन २१ गते

प्रतिक्रिया