Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रालय फेरी माओवादीकै भागमा, पौडेल वा पाण्डे मध्ये एक मन्त्री हुने

विहीबार, २० साउन २०७३

काठमाडौं - एकिकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन भएसंगै शिक्षा मन्त्रालय फेरी माओवादीकै भागमा परेको छ । माओवादी भित्र ओली सरकारका मन्त्रीलाई नदोहोर्याउने बारेमा दवाव परेसंगै गिरिराजमणि पोखरेल पुनः मन्त्री हुने सम्भावना सकिएको श्रोतले जनायो । आफ्नो कार्यकालमा राम्रो काम गरेको भन्दै पोखरेललाई मन्त्री बनाउन पार्टि भित्र निकै  दवाव परेको थियो । तर, पहिले भन्त्री भएकालाई नदोहार्याउने भएपछि उनको नाममा सहमती नभएको हो ।

धनिराम पौडेल वा हितराज पाण्डे मध्ये एकलाई शिक्षा मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको माओवादी श्रोतले जनाएको छ ।

यद्यपी बिहीबार गठन हुने मन्त्रीपरिषद्मा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, सिता नेपाली र गौरीशंकर चौधरीलाई मात्रै सहभागि बनाईने छ ।
दोश्रो चरणको मन्त्रीमण्डल विस्तारमा शिक्षा मन्त्रीको टुङ्गो लाग्ने छ ।

सत्ता साझेदार मुख्य दुई दल काँग्रेस र माओवादी विच भएको छलफलको पहिलो चरणमा प्रधानमन्त्री र शिक्षा सहित माओवादीको भागमा १० मन्त्रालय परेको छ । माओवादीका भागमा
अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, कृषि,  युवा तथा खेलकुद, कानुन र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय परेको छ । 

काँग्रेसको भागमा गृह सहित भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन परेको छ । अन्य मन्त्रालयका बारेमा सत्ता साझेदार साना दलहरु सहित बैठक बसी पछि टुङ्गो लगाउने सहमती भएको छ ।
बुधबार संसदबाट ३९ औं प्रधानमन्त्रीका रुपमा चुनिएका दाहालले बिहीबार आफ्ना दलका ३ सहित गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसका ३ जनालाई मन्त्रीको सपथ खुवाउने तयारी गरेका छन् ।
काँग्रेसबाट पहिलो चरणमा नेता विमलेन्द्र निधिको नेतृत्वमा अर्जुन नरसिंह केसीले रक्षा एवम् रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने छन् । निधि गृह मन्त्री हुनेछन् ।

अपडेट :

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई सपथ खुवाएकी छन् । शितल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको सपथ पछि राष्ट्रपति भण्डारीले नै उपप्रधानमन्त्रीहरु काँग्रेसका बिमलेन्द्र निधी र माओवादी केन्द्रका कृष्णबहादुर महरालाई पनि सपथ गराएकी छन् । यस लगत्तै प्रधानमन्त्री दाहालले मन्त्रीहरु काँग्रेसका रमेश लेखक, माओवादी केन्द्रका गौरिशंकर चौधरी र दलजित श्रीपाइलीलाई सपथ गराए ।

काँग्रेसका लेखक भौतिक योजना तथा पूर्वाधार मन्त्री, र केन्द्रका चौधरी कृषि तथा श्रीपाईली युवा तथा खेलुकद मन्त्री भएका छन् ।

यस अघि माओवादी केन्द्रले पहिलो चरणमा सहभागी हुने तीन मन्त्रीको टुंगो लगाएको थियो । काँग्रेसका अर्जुनरसिंह केसीलाई समेत मन्त्री बनाउने तयारी भएपनि आफूले रोजेको गृह मन्त्रालय नपाएको भन्दै उनी अन्तिम समयमा सपथ खान गएनन् । त्यसैले नयाँ सरकारमा पहिलो चरणमा काँग्रेसबाट २ जना मात्रै मन्त्री भए ।

प्रकाशित मिति २०७३ साउन २० गते

प्रतिक्रिया