Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

शिक्षा कार्यालयको ११ करोड ८० लाख बेरुजु

विहीबार, २० साउन २०७३

काठमाडौं २० साउन / जिल्ला शिक्षा कार्यालय पर्वतको हालसम्म ११ करोड ८० लाख रुपैयाँ बेरुजु भएको छ । शिक्षा कार्यालयले भौतिक सुधार पूर्वाधार कार्यक्रमका लागि विद्यालयलाई निकासा गरेको रकम नै बेरुजु बनेको छ । कार्यालयले असार महीनामा मात्रै ४ करोड १५ लाख बेरुजु फछ्र्योट गरेको थियो ।

विद्यालयलाई दिइएको भवन निर्माण, पुस्तकालय, विज्ञान प्रयोगशाला, मर्मतसम्भारलगायत शीर्षकको सबै रकम बेरुजु बनेको हो । भूकम्पले क्षति पु¥याएका विद्यालयमा भवन निर्माण तथा मर्मतसम्भारदेखि पुस्तकालय, आईसीटी कक्षाका लागि दिइएको रकम बेरुजु बनेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए । यसबाहेक काम समयमा सम्पन्न नभएको, काम सम्पन्न भए तापनि विद्यालय व्यवस्थापन समिति परिवर्तन हुने, सकिएको कामको फरफारक नगर्ने जस्ता कारणले वर्षेनि बेरुजु बढेको पौडेलको भनाइ छ । कार्यालयमा आव २०६५÷६६ देखिको बेरुजु रहेको छ । गत आवको मात्र ४ करोड १० लाख ७५ हजार बेरुजु रहेको थियो ।

आव २०७२/७३ मा को असार महीनामा मात्रै कार्यालयले ४ करोड १५ लाख बेरुजु रकम फछ्र्योट गरेको छ । ‘गत आवको असार महीनामा ४० प्रतिशत बेरुजु फछ्र्योट भएको छ,’ जिशिअ पौडेलले भने, ‘चालू आवको अन्त्यसम्ममा ८० प्रतिशत बेरुजु फछ्र्योट गर्छौं ।’

बेरुजु थप बढ्न नदिन र संपरीक्षणमा चाहिने कागजातका लागि कार्यालयले ताकेता थालेको छ । बेरुजु बढ्न नदिन तथा कायम बेरुजु रकम घटाउन विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, स्रोत व्यक्ति र विद्यालय निरीक्षकसमेतलाई जिम्मेवार बनाउने कार्यालयको रणनीति रहेको पौडेलको भनाइ छ । ‘बेरुजु रकम फछ्र्योट गर्न बाँकी रहेका विद्यालयको सूची बनाएका छौं,’ पौडेलले भने, ‘त्यसलाई क्लष्टरमा विभाजन गरी कार्यालयका लेखपालसहित विद्यालय निरीक्षक, स्रोत व्यक्ति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत जिम्मेवार बनाएर बेरुजु फछ्र्योट गर्न र बेरुजु बढ्न नदिने रणनीति तयार गरिएको छ ।’ अन्य जिल्लाको तुलनामा पर्वतमा बढी बेरुजु भएकै कारण कार्यालयमा बजेट कम आएको उनले बताए ।

विशन क्षेत्रीले आर्थिक अभियानमा लेखेको खबर

प्रतिक्रिया