Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

अनशनकारी विद्यार्थी बेहोस

मंगलबार, १८ साउन २०७३

काठमाडौं १८ साउन / नेपाल विद्यार्थी संघको महाधिवेशन विधिवत् रूपमा हुनुपर्ने र विभिन्न जिल्ला तथा क्याम्पसमा भएका फर्जी प्रतिनिधिहरू बहिष्कार हुनुपर्ने माग गर्दै नेपाली कांगे्रस केन्द्रीय कार्यालयमा अनशन बसेका विद्यार्थी नेताहरू गणेश सापकोटा र रत्नहरि ढुंगेल बेहोस भएका छन् ।

गत शनिबारदेखि आमरण अनशन बसेका उनीहरू बेहोस भएपछि चिकित्सक लगरे स्वास्थ्य उपचार गरिएको संघका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले बताए ।

यसैबीच नेविसंघको महाधिवेशन गराउन पार्टीद्वारा गठित निर्देशक समितिका संयोजक प्रकाशशरण महत र सदस्य प्रदीप पौडेलले अनशनस्थल पुगेर दुवैलाई अनशन स्थगित गर्न आग्रह गरेका छन् ।

नेताहरूले जिल्ला र क्याम्पसमा विधिवत् अधिवेशन नभई त्यत्तिकै गठन गरिएका समिति र फर्जी प्रतिनिधि खारेज हुनुपर्ने अनशनकारीको माग सम्बोधन गर्न नसकिने बरु अन्य मागमा चाहिँ लचक हुनसक्ने बताएका थिए ।
अनशनकारीहरूले भने आफ्ना माग पूरा नभए अनशन नरोकिने बताएका थिए ।

संघका पूर्वअध्यक्ष एनपी साउद र पूर्वमहामन्त्री चन्द्र भण्डारीले पनि अनशनस्थलमा पुगेर विद्यार्थीको अवस्थबारे जानकारी लिएका छन् । संघको महाविधेशन आगामी २३ गतेदेखि राजधानीमा हुने कार्यक्रम तय गरिएको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया