Edukhabar
शनिबार, ०१ मंसिर २०८१
गतिविधि

सफा टेम्पोमा पुस्तकालय !

शुक्रबार, १४ साउन २०७३

काठमाडौं – अमेरिकी दूतावासले विद्युतीय घुम्ती पुस्तकालय सुरु गरेको छ । “बुकटुक” नाम दिईएको उक्त पुस्तकालय विद्युतीय सफा टेम्पोमा छ । पद्मकन्या उच्च माध्यमिक विद्यालय, डिल्लीबजारबाट उक्त पुस्तकालय सुरु गरिएको हो । यस अघिनै दूतावासले सञ्चालन गरेको घुम्ती पुस्तकालय बुकबसको नयाँ संस्करणका रुपमा “बुकटुक” शुरु गरिएको दूतावासले जनाएको छ ।

अमेरिकी राजदूत अलाइना बी. टेप्लेट्ज र अमेरिकी विदेश मन्त्रालय स्थित अन्तर्राष्ट्रिय सूचना कार्यक्रम सम्बन्धी ब्युरोका संयोजक मेकन फिलिप्सले शुक्रबार संयुक्त रुपमा बुकटुकको उद्घाटन गरे ।
पुस्तकालयमा सौर्य ऊर्जाबाट चल्ने तार रहित इण्टरनेट सेवा समेत उपलब्ध छ । सानो आकारको भएको हुँदा बुकटुक शहरको भित्री क्षेत्रहरूमा समेत सजिलै पुग्न सक्ने छ । इण्टरनेट सुविधा उपयोग गरेर बुकटुकका पाठकहरू शैक्षिक वेबसाइटमा जान सक्छन् र कम्प्युटर प्रविधि प्रयोग गर्न सिक्छन् ।

पुस्तकालय मार्फत् कलिलो उमेरका पाठकहरूका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषाका पुस्तकहरू अनुदान स्वरूप उपलब्ध गराईने दूतावासले जनाएको छ । कलिलो उमेरका व्यक्तिहरूलाई पुस्तक पढ्न प्रेरित गर्नु, अमेरिकी संस्कृति बारे जानकारी आदान प्रदान गर्नु र उनीहरूको अङ्ग्रेजी भाषामा सुधार गराउनु पुस्तकालयको उद्धेश्य भएको दूताबासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बुकटुक पुस्तकालय मात्रै नभई वातावरणीय क्षतिलाई न्यून गर्न गरिएको सानो तर अर्थपूर्ण कदम भएको राजदूत टेपलेट्जले बताईन् । संयोजक मेकन फिलिप्सले नेपालमा बुकबसलाई परिचित गराउन पाउँदा आफूलाई खुशी लागेको बताए ।

प्रकाशित मिति २०७३ साउन १४ गते

प्रतिक्रिया