Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

एसएलसी ग्रेडवृद्धि परीक्षा सुरु

शुक्रबार, १४ साउन २०७३

भक्तपुर - एसएलसी ग्रेडवृद्धि परीक्षा शुक्रबारबाट शुरु भएको छ । बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याएका विद्यार्र्थीले आफ्नो ग्रेडवृद्धिको मौका पाउने ब्यवस्था अनुसार परीक्षा शुरु गरिएको हो । यस अघि पुरक परीक्षाका नामबाट हुने परीक्षा ग्रेडिङ प्रणाली अनुसार नतिजा आएसंगै ग्रेडवृद्धि परीक्षाका नामबाट लिईएको हो ।

पहिलो पटक ग्रेडिङ प्रणालीबाट सार्वजनिक भएको यस बर्षको एसएसलसीको ग्रेडवृद्धि परीक्षामा सहभागि हुन एक लाख ४७ हजार पाँचसय ८३ जना विद्यार्थीले आवेदन भरेका थिए । जस मध्ये नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना परीक्षार्थी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए ।

साउन २१ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि देशभर १ सय ९२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यो परीक्षामा ग्रेडवृद्धि गर्ने विद्यार्थीले यही बर्ष कक्षा ११ मा भर्ना हुन पाउने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७३ साउन १४ गते

प्रतिक्रिया