Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

बिबिएस पढेर फार्मेसिस्टको काम ?

शुक्रबार, १४ साउन २०७३

काठमाडौं १४ साउन / म्याद गुज्रिएका र जभाभावी औषधि बिक्री गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बागबजारको मेडिसिन प्वाइन्टमा काम गर्ने सर्लाहीका आदम घलेलाई प्रहरीले पक्राउ गरिएको हो । घले बिबिएसका विद्यार्थी हुन् । उनलाई औषधिबारे सामान्य मात्र ज्ञान छ । तर, एक वर्षदेखि उनले औषधि बिक्री गर्दै आएका थिए । बुधबार उनले बिक्री गरेको औषधिले एक बिरामी गम्भीर भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

म्याद सकिएको औषधिले झन् सिकिस्त

भोजपुर घर भई बागबजार बस्ने तेजबहादुर दाहाल आफ्ना १८ वर्षीय छोरालाई ज्वरो आएपछि औषधि किन्न उक्त पसलमा पुगे । घलेले रिलिफनामक औषधि दिए । तर, उक्त औषधि खाएपछि दाहालका छोरा झन् बढी बिरामी भए । बान्ता गर्न थालेपछि उनले छोरालाई मोडेल अस्पताल पुर्‍याउनुपरेको थियो । अस्पतालका चिकित्सकसँग बुझ्दा घलेले म्याद सकिएको औषधि बिक्री गरेको खुलेपछि उनी पक्राउ परेका हुन् ।

अन्त जागिर नपाएपछि औषधि बिक्री

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी मनोहर भट्टका अनुसार घलेलाई औषधिबारे ज्ञान नभएको उनी आफौले बताएका छन् । तर पनि जागिर नपाएपछि त्यहाा काम गरेको उनले बताएका छन् । फार्मेसीका सञ्चालक रौतहटका मोहम्मद खुर्सिद आलम हुन् । उनी फरार रहेका प्रहरीले जनाएको छ । औषधिपसल भने बन्द गराइएको छ । फार्मेसी पढेकाहरूले औषधिपसल खोलेर अरूलाई चलाउने दिने गरेको औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल बताउाछन् ।

७५ प्रतिशत फार्मेसीमा यस्तो समस्या भएको उनको भनाइ छ । फार्मेसी पढेकै व्यक्तिले मात्र औषधि बिक्री गर्नुपर्ने प्रावधान छ । तर, आफूहरूसँग अनुगमन र कारबाहीको बलियो संयन्त्र नहुादा कारबाही प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया