Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

साझा प्रकाशनलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

शनिबार, १९ भदौ २०७२

काठमाडौं १९ भदौ / प्रधानमन्त्री सुशील कोइरालाले नेपाली भाषा–साहित्यको धरोहरका रूपमा रहेको ‘साझा प्रकाशन’ लाई डुब्न नदिन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

‘साझा बचाउ अभियान’ अन्तर्गत शुक्रबार सो संस्थाका पदाधिकारी र वरिष्ठ स्रष्टासँगको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले संस्थाको कार्ययोजना अनुसार आर्थिक घाटा पूर्ति तथा चालु पुँजी व्यवस्थापन गर्न माग भएको रकम निकासका लागि अर्थ मन्त्रालयलाई आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री कोइरालाले आर्थिक अनियमितताका कारण सो संस्था डुबेको सुन्नुपर्दा आफूलाई दुःख लागेको र नयाँ व्यवस्थापनले सुधारका कार्यक्रम अघि सारेकामा प्रसन्नता जनाउँदै सरकारी स्वामित्वमा रहेका संस्थालाई टिकाएर जनतालाई सेवा दिनुपर्नेमा जोड दिए ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले तत्कालका लागि रु २० करोड रकम सहुलियत ऋण प्राप्त भएमा कर्मचारीमा स्वेच्छिक अवकाश र आन्तरिक सुधार गरी संस्थालाई नाफामा लान सकिने योजना सुनाएका थिए । शर्माले भने, “त्यो नाफाबाट भाषा साहित्य र संस्कृतिको समृद्धि र उत्थानमा संस्था केन्द्रित हुन सक्नेछ । यसमा प्रधानमन्त्री आश्वस्त हुनुभएको छ, हामीलाई काम गर्ने उत्साह थपिएको छ ।

कारोबारमा खबर छ ।

प्रतिक्रिया