Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

लेखकलाई नै पाठ्यक्रम बारे थाहा नभए पछि...

बुधबार, १२ साउन २०७३

काठमाडौं - उपन्यास लेखक सुविन भट्टराईले केही दिन अघि सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गरे । टिन एजर पाठक लक्षित समर लभ तथा साया उपन्यासका लेखक भट्टराईको उक्त स्टाटस नीति नीयम र शैक्षिक प्रणालीबारे उनको बुझाई कति छ भन्ने बताउन काफि थियो । कक्षा कोठामा पढिरहेका विद्यार्थीको फोटो सहित लेखिएको स्टाटसको ब्यहोरा यस्तो थियो, ‘यो दृष्य दिव्यदिप सकेण्डरी स्कुल भक्तपुरको हो जहाँ ‘‘समर लभ’’ को अँग्रेजी अनुवाद कक्षा ९ को कोर्समा राखिएको छ ।’

साउन ५ गते साँझ ५ बजेर ५८ मिनेटमा पोष्ट भएको उक्त स्टाटसले एक किसिमको ‘हंगामा’ नै भयो । लेखक भट्टराईको स्टाटस पछि स्कुलका प्रिन्सिपल समन्त सुवेदीलाई धेरैबाट प्रश्न ओइरियो, ‘सर, के तपाईंले कक्षा ९ मा समर लभ उपन्यास कोर्समा राख्नु भएको हो ?’

प्रिन्सिपल सुवेदीले धेरैलाई स्पष्टीकरण दिए, ‘होइन’ । लेखक जस्तो प्रतिष्ठित ब्यक्तिले नभएको कुरा स्टाटसमा लेखेका होलान् त ? सोध्ने मान्छले सुवेदीको कुरा के विश्वास गथ्र्यो र ?
सोध्नेले हैरान बनाए पछि उनले भट्टराईलाई नै उक्त स्टाटस आफ्नो फेसबुकको भित्ताबाट हटाउनका लागि आग्रह गर्नुप¥यो ।

‘हाम्रो स्कुलको अंग्रेजी शिक्षक महेश सरकोे मिल्ने साथी रहेछन् सुविन भट्टराई, उहाँले लौन सर बच्चाहरुले पढ्छन्, किताव लाइब्रेरीमा राख्दिनुपर्यो भनेपछि कक्षा ९ का विद्यार्थीलाई कक्षा लिन लगाएका थियौं,’ प्रिन्सिपल सुवेदीले भने, ‘त्यतिका आधारमा उहाँ (लेखक सुविन भट्टराई) ले त्यस्तो स्टाटस राख्दिनु भएछ । 

पाठ्यक्रम भन्ने कुरा कत्तिको गम्भिर विषय हो भन्ने सामान्य ज्ञान समेत नहुँदा उनले आफैंले आफ्नो छवी सार्वजनिक रुपमै कमजोर बनाएका छन् ।  पाठ्यक्रम निर्धारण हुने विधि र प्रकृया अनी त्यसको लागि पुरा गर्नु मापदण्ड शिक्षा मन्त्रालय अन्र्तगतको पाठ्यक्रम विकास कन्द्रले निर्धारण गर्छ ।

तर, भट्टराईले पाठ्यक्रमको गम्भिरता नबुझि पुस्तकको प्रचारको लागि त्यस किसिमको स्टाटस राखेको हुन सक्ने सुवेदी अड्कल काट्छन् । ‘जबकि आठ, नौ, दशमा पाठ्यक्रम विकास केन्द्रले तोकेका बाहेकका कितावहरु राखिँदैनन्, हामीले राखेका पनि छैनौं तर लाइब्रेरीमा भने त्यो कितावलाई सन्दर्भ सामग्रीका रुपमा भने राखेका छौं, त्यसैलाई उहाँले दीव्यदीप स्कूलले राख्यो भनेर प्रचार गर्नुभयो ।’

विद्यालयले लेखकलाई विद्यार्थीसँग भेट गराएर तथा पुस्तकालयमा किताब राखेर सहयोग गरेको भए पनि लेखक भट्टराईले भने स्कूलसँग स्वीकृति नै नलिइकन त्यस्तो खालको स्टाटस राख्दा अफ्ठ्यारो परेको विद्यालयले जनाएको छ । ‘आफ्नो स्टाटस बढाउने नाममा, कमेन्ट बढाउने नाममा त्यस्तो त गर्न नपाइने हो । हामीले गुनासो गरे पछि उहाँले त्यो हटाउनुभएको छ ।’ प्रिन्सिपल सुवेदीले भने ।

प्रकाशित मिति २०७३ साउन १२ गते

प्रतिक्रिया