Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

विद्यालयमै पस्यो खोला

मंगलबार, ११ साउन २०७३

गुल्मी - रातभरको बर्षाका कारण नजिकैको खोलामा आएको बाढि विद्यालयमै पसेको छ । बढीघाट खोलाको बाढि ज्वाङ् १ चोरकाटेमा रहेको रुद्रावती उच्च माध्यमिक विद्यालय छिरेको हो । बर्खे विदाका कारण विद्यालयमा विद्यार्थी नभए पनि बाढिका कारण जारी कक्षा ११ को भर्नाको काम ठप्प भएको छ ।

खोलामा निर्माण गरिएको तटबन्ध भत्काएर बाढि विद्यालय छिरेको शिक्षक कृष्ण थापाले एडुखबरलाई जानकारी दिए । पानी पर्ने क्रम कम भएसँगै मंगलबार विहानबाट बाढि केही घटे पनि तटबन्ध कटान गरेकाले विद्यालय जोखिममा परेको उनले बताए ।

२०१९ सालमा स्थापना भएको विद्यलयमा ३ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ब्यवस्थापन र शिक्षा संकाय अन्र्तगत कक्षा ११ र १२ मा पठन पाठन हुँदै आएको छ ।

फोटो : कृष्ण थापा

प्रकाशित मिति २०७३ साउन ११ गते

प्रतिक्रिया