Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नेपालीमै विद्यार्थी कमजोर

सोमबार, १० साउन २०७३

काठमाडौं १० साउन /  विदेशी भाषा सिक्ने होडबाजीमा आफनै राष्ट्रिय भाषा प्रति नेपालीहरुको लगाव कम हुदै गएको छ। यसले सानैदेखि नानीहरु नेपाली भाषामा कमजोर हुदै गएको सरकारी तथ्याँकलेनै देखाएको छ। सरकारले विद्यालय तहमा नेपाली विषयलाई अनिवार्य बनाएको छ। तर पनि यो विषयमा सरकारी र निजी दुवै प्रकृतिका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु कमजोर हुदै गएका छन्।

नेपाली भाषा बोल्दा इज्जत हुने र टुटेफुटेको अंग्रेजी भाषा बोल्दा पनि आफुलाई उच्च ब्यक्तिको रुपमा ठान्ने नकरात्मक सोचले पनि नेपाली विषयमा विद्यार्थीहरु कमजोर भएको प्राडा दयाराम श्रेष्ठको बुझाई छ।

'साना नानीलाई प्रारम्भिक कक्षाको  सुरुवातमै अंग्रेजी भाषाबाटै अभिभावकहरु पठनपाठन गराउने लालसा राख्छन् र उनीहरु नानीलाई अंग्रेजी माध्यमबाट पढाई गराइने स्कुल खोज्न भौतारिनछन्।, तर यो सब कृयाकलापले नेपाली भाषालाई कमजोर बनाउँदै गयो ,'उनको अनुभव छ।

२ दशकदेखि प्लसटुका विद्यार्थीलाई अनिवार्य नेपाली विषय पठनपाठन गराउँदै आएका प्राडा श्रेष्ठले निजी विद्यालयमा नेपाली बोल्यो कि साजय पाउने त्रासका कारण पनि विद्यार्थीले बाध्य भएर बरु टुटेफुटेको अंग्रेजी बोल्ने गरेको अनुभव सुनाउँछन्। 'निजी स्कुलमा विद्यार्थीले नेपाली कक्षाबाहेकको समयमा नेपाली बोल्यो कि (गद्याको पुच्छर अर्थात डंकीस टेल) बोक्नु पर्छ',प्राडा. श्रेष्ठले अनुभव सुनाए'निजी स्कुलमा नेपाली बोल्यो की सजाय पाइने भएकोले पनि नेपाली भाषामा विद्यार्थीको स्तर खस्केको हो।'

सरकारले कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गर्दै एसएलसी परीक्षा–२०७२ को नतिजा पहिलोपटक अक्षरांक (ग्रेडिङ) प्रणालीमा सार्वजनिक गर्यो। यस वर्षको कक्षा १०को अन्तिम एसएलसी  परीक्षाको नतिजा विषयगत ग्रेडिङमा प्रकासितले विद्यार्थीको विषयगत दक्षता मापन गर्ने आधार तयार पार्यो।

यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम 'ए' प्लस भने नेपाली विषयमा ल्याएका छन्। नेपालीमा ६३ जनाले मात्र 'ए' प्लस ल्याएका छन्। ९०–१०० प्रतिशत ल्याउने ए प्लसमा पर्छन्।

त्रिभुवन विश्वविद्यायमा ३६ वर्ष स्नातकोत्तर र विद्यावरिधिका विद्यार्थीलाई नेपाली विषय पठनपाठन गराएका र हाल अवकाश प्राप्त श्रेष्ठले स्कुल मात्र होइन, विश्वविद्यालयका विद्यार्थीले समेत आफ्नो नाम नेपालीमा शुद्ध लेख्न नजानेको देख्दा दुःख लागेको सुनाए।

पाठ्यक्रममा जतिसुकै सहज र सरल विषय नेपालीमा राखे पनि अंग्रेजी माध्यममा सञ्चालित निजी स्कुलले नेपाली शिक्षकलाई हेप्ने र कम तलब दिने भएकाले पनि दक्ष र योग्य शिक्षकले विद्यार्थीलाई नेपाली बढाउनबाट

'डी' (२०–३० प्रतिशत) ल्याउने ४३ हजार ६ सय ३३ जना छन्। 'ई' ग्रेड ल्याउने २३ हजार ४६ छन्। नेपालीमा ४ लाख ३७ हजार १ सय ३३ परीक्षार्थी सहभागी थिए।

उता, अंग्रेजी भाषामा ए प्लस ल्याउनेकोसंख्या तुलात्मक रुपमा निकै बढी छ। अंग्रेजी विषयमा ४ लाख ३६ हजार ९ सय ८३ परीक्षार्थी सहभागी रहेकोमा ए प्लस ल्याउने २० हजार ७ सय ९४ जना छन् भने ८६ हजार ६० ले 'डी र ७१ हजार १ सय २४ ले 'ई' ग्रेड ल्याएका छन्।

पाठ्यक्रम विकास केन्द्रमा ७ वर्षसम्म कक्षा ९ र १० को नेपाली विषय समिति सदस्यको रुपमा काम गरिसकेका प्राडा दयाराम श्रेष्ठले विद्यार्थी नेपाली भाषामा कमजोर हुनुको दोष अंग्रेजी माध्यमबाट सञ्चालित निजी स्कुललाई दिन्छन्।

'नेपाली भाषाको मुख्य जगै वर्ण विन्यास, वाक्य गठन, शब्द भण्डार, अभिव्यन्जना र विषयबस्तुको सम्प्रेषण हो। विद्यार्थीले लेखेका र बोलेका विषयबस्तुमा शिक्षकले यी पाँचै विषयमा गहन जाँच गर्ने गर्छन्,' उनले भने, 'विद्यार्थीले पनि यिनै विषयलाई ध्यानै नदिएर लेख्ने र बोल्ने गरेकाले समस्या आएको हो।' उनले सरकारले अब नेपाली भाषाको कक्षा र सिकाइ उपलब्धि सुधार गर्न नेपाली भाषासम्बन्धी नयाँ नीति नै बनाएर अघि बढ्नुपर्ने सुझाए।

आफ्नै भाषामा ए प्लस अर्थात् ९० प्रतिशत ल्याउन नसक्नुमा स्कुल, शिक्षक र अभिभावक पनि दोषी देख्छन् नेपाली विषय विज्ञ प्राडा ताराकान्त पाण्डे। उनका अनुसार नेपाली पठनपाठन गराउने शिक्षकमा समेत नेपाली भाषामा राम्रो दक्खल नभएका कारण विद्यार्थीको नेपाली कमजोर भएको हो।

केटाकेटीहरु हुर्काउँदा अभिभावकले वैदेशिक रोजगारीका लागि भनेरै तयार गर्ने मानसिकताका कारण पनि अंग्रेजी लेखपढमा जोड गराइन्छ।

'अचेलका विद्यार्थीले शिक्षकलाई गुरु भनेर नमस्कार गर्न लाज मान्छन् तर हाई र बाई गर्न गर्व गर्छन्। यसले नेपाली संस्कृतिमा एकअर्कालाई सम्मान गर्ने परम्परा नै हराउँदै गएको देखिन्छ,' त्रिविका मानविकी संकाय सहयाक डिनसमेत रहेका पाण्डेले भने, 'शिक्षकहरु पनि पुरानै भएको र उनीहरुमा समेन नेपाली पढाउने सीप कला नपुगेको हामीले अनुभव गरेका छौं।'

'हालको विद्यालय स्तरको नेपाली विषयको पाठ्यक्रम वस्तुगतभन्दा विषयगत बढी छ। बढी लेख्नुपर्ने झन्झटले पनि विद्यार्थीले नेपालीलाई झ्याउ विषयका रुपमा लिने रहेछन्,' उनले भने। नेपाली विषयका शिक्षकमा विद्यार्थीलाई बढी नम्बर दिए विषयको महŒव घट्ने भन्ने सोच रहेको उनको आकलन छ।

नेपालमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएका कारण पनि विद्यार्थी, अभिभावक र स्कुल सञ्चालकमा समेत अंग्रेजी भाषा जान्नैपर्ने मनस्थितिका कारण राष्ट्रभाषा पछि पर्दै गएको प्राडा गीता खरेल शिवकोटी बताउँछिन्। रत्नराज्य स्कुलकी प्राचार्य तथा नेपाली भाषाविज्ञ शिवाकोटीले नेपाली भाषा कमजोर हुनु भनेको राष्ट्रप्रति लगाव कम हुनु हो भनिन्। नयाँ शिक्षा ऐनमा समेत सरकारी विद्यालयमा समेत क्रमशः अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै जाने भन्ने पक्षले पनि नेपाली भाषालाई सरकारले नै उपेक्षा गरेको उनको ठम्याइ छ। शिवाकोटीले भनिन्, 'ग्लोबल भाषा अंग्रेजी भएकाले नानीहरुले अंग्रेजी जान्नुपर्छ तर आफ्नो राष्ट्रभाषाका साथै।'

उनले थपिन्'नयाँ पुस्तामा आफनो भूगोल संस्कृति भन्दा पनि पश्चिमा संस्कृतितिर झुम्एिको देखिन्छ। भूगोलाई छाडेर राष्ट्रीयताले पुर्णता नपाउने हुनाले सरकारले यस तर्फ गम्भिरतासाथ ध्यान दिनु पर्छ। '

अर्का शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार नसिकेको कुरा सिक्न मनलाग्ने र जानेको विषयलाई वेवास्ता गर्ने प्रबृतिका कारण पनि नेपाली भाषा सिकाईमा समस्या आएको हो। शिक्षाविद् कोइरालाले नयाँ पुस्तालाई अचेलका शिक्षकहरुले नेपाली भाषा सिकाउन नजानेकोले पनि विद्यार्थीहरु नेपालीमा कमजोर हुदै गएको बताए।

उदार कक्षा नितिबाट विद्यार्थी पास भएर माथिलो कक्षा आए । ७५ प्रतिशत उपस्थित र २५ प्रतिशत प्राक्टिलले विद्यार्थी पास हुन्छन्। शिक्षकले पनि सुधारात्मक कक्षा दिन चासो दिएन र प्रणालीमा आएका सबै विद्यार्थीहरु पास हुनाले सरकारले देशमा झ्यास(फोहोर अर्थात पढ्ने नपढ्नेहरु) विद्यार्थी उत्पादित गरीरहेको उनको बुझाई।

राष्ट्र भाषा प्रतिको लगाव कम भएकाले आफु भन्दा ठूलालाई आदर गर्ने र सानालाई माया गर्ने परम्पार समेत नयाँ पुस्ताहरुमा हराउँदै गएको छ।

'स्कुलमा नेपाली पढाउने शिक्षकले भोजपुरी भाषी, तामाङ भाषी लगायत अन्य भाषा जान्नेलाई अनिवार्य नेपाली भाषा कसरी सिकाउने बुद्धि र उपाय नै जानेनन्,' शिक्षकले कक्षामा नेपाली भाषालाई विद्यार्थीको मातृभाषासँग जोडेर सिकाउन नसकेका कारण हाम्रो राष्ट्रिय भाषामा विद्यार्थी कमजोर भएका हुन्।' उनले थपे 'विद्यार्थीहरुमा लेख्ने बानी कम र रट्ने बानी बढ्दै गएको हुनाले झ्यास विद्यार्थीहरु उत्पादित भए।' सरकारले अब विद्यार्थीको क्षमता हेरेर पढाउने निति लिनु पर्ने उनको सुझाव छ।

http://www.nagariknews.com/news/2472

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया