Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

पुरस्कृत विद्यालयको नाम सार्वजनिक

आइतबार, २० भदौ २०७२

काठमाडौं २० भदौ / शिक्षा मन्त्रालयले ३६औं राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत गर्ने विद्यालयहरूको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार माध्यमिक विद्यालय राष्ट्रिय पुरस्कार सामुदायिकतर्फ काठमाडौंको युवा सहभागिता माविले र निजीतर्फ ललितपुरको नाईटिङ्गेल इन्टरनेसनल माविले पाउने भएको छ। सो पुरस्कारको राशि २ लाख रुपियाँ रहेको छ।

त्यस्तै, क्षेत्रीय पुरस्कारअन्तर्गत सामुदायिकतर्फ पूर्वाञ्चलबाट वरुणेश्वर उमावि ओखलढुंगा, मध्यमाञ्चलबाट तरुण मावि काठमाडौं, पश्चिमाञ्चलबाट कान्ति उमावि रूपन्देही, मध्यपश्चिमाञ्चलबाट भैरव मावि जुम्ला र सुदूरपश्चिमाञ्चलबाट समैजी उमावि कैलाली पुरस्कृत हुने भएका छन्। पुरस्कारको राशि १ लाख रुपियाँ रहेको छ।

यसै गरी, क्षेत्रीय पुरस्कारको निजीतर्फ पूर्वाञ्चलबाट बाल कल्याण विद्या मन्दिर मोरङ, मध्यमाञ्चलबाट द एक्सेलसियर आमावि काठमाडौं, पश्चिमाञ्चलबाट गण्डकी आवासीय मावि कास्की, मध्यपश्चिमाञ्चलबाट तुलसी आवासीय मावि दाङ र सुदूरपश्चिमाञ्चलबाट इन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुरलाई पुरस्कृत गरिने भएको छ। घोषित दुर्गम क्षेत्रबाट १ लाख रुपियाँको पुरस्कार जुम्लाको राहदेव माविले पाउने भएको छ। पुरस्कार भदौ २२ गते शिक्षा दिवसको दिन प्रदान गरिने मन्त्रालयले जनाएको छ।

नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया