Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

काम गरेर पढ्ने विद्यार्थीको नतिजा राम्रो

सोमबार, १० साउन २०७३

काठमाडौं १० साउन / घरमा कुनै काम नगरी अध्ययन गर्नेभन्दा दैनिक एक घन्टासम्म काम गर्ने विद्यार्थीको पढाइ सबैभन्दा राम्रो रहेको पाइएको छ । कुनै काममा संलग्न नहुनेको सिकाइ उपलब्धि कतिपय विषयमा चार घन्टा काम गर्ने विद्यार्थीको भन्दा कमजोर रहेको सरकारी अध्ययनले देखाएको छ ।

सन् २०१५ मा शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनमा एक घन्टा काम गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ । कामै नगरी अध्ययन गर्नेभन्दा काम गर्दै पढ्नेको नतिजा राम्रो पाइएको हो । सन २०१२ मा गरेको अध्ययनमा दुई घन्टा काम गर्नेको अध्ययन राम्रो पाइएको थियो भने सन २०१५ मा एक घन्टा काम गर्नेको उपलब्धि सबैभन्दा राम्रो पाइएको हो ।

काम गर्नेको उपलब्धि नगर्नेको भन्दा बढी
कक्षा पाँचमा कुनै काममा संलग्न नहुने विद्यार्थीको सिकाइ उपलब्धि नेपालीमा ४३, गणितमा ४८ र अंग्रेजीमा ५० प्रतिशत रहेको छ, तर दैनिक चार घन्टासम्म काम गर्नेको सिकाइ उपलब्धि कामै नगर्नेको भन्दा बढी छ । एक घन्टासम्म काम गर्नेको नतिजा सबैभन्दा राम्रो छ । उनीहरूको सिकाइ उपलब्धि नेपालीमा ५१, गणितमा ५३ र अंग्रेजीमा ५२ प्रतिशत रहेको छ । दुई घन्टासम्म काम गर्नेको सिकाइ उपलब्धि पनि कामै नगर्ने विद्यार्थीको भन्दा राम्रो छ ।

दैनिक एकदेखि दुई घन्टासम्म काम गर्ने विद्यार्थीको नेपाली विषयमा ५०, गणितमा ५१ र अंग्रेजीमा ५० प्रतिशत सिकाइ उपलब्धि रहेको छ । दुइदेखि चार घन्टासम्म काम गर्नेको नेपालीमा ४८, गणितमा ४८ र अंग्रेजीमा ४४ प्रतिशत रहेको छ । चार घन्टाभन्दा बढी काम गर्नेको सिकाइ उपलब्धि भने कमजोर पाइएको छ । कक्षा पाँचमा चार घन्टाभन्दा बढी काम गर्नेको नेपालीमा ४४, गणितमा ४३ र अंग्रेजीमा ४३ प्रतिशत उपलब्धि रहेको पाइएको छ ।

कक्षा तीनमा अध्ययन गर्नेमा पनि घरमा कुनै काममा सहयोग नगर्नेभन्दा एक घन्टासम्म काम गर्नेको नतिजा राम्रो पाइएको छ । एक घन्टासम्म काम गर्ने विद्यार्थीको सिकाइ उपलब्धि नेपालीमा ५८ र गणितमा ४९ प्रतिशत पाइएको छ । कुनै काममा संलग्न नहुनेको सिकाइ उपलब्धि नेपालीमा ४९ र गणितमा ४५ प्रतिशत मात्र रहेको छ । त्यसैगरी, एकदेखि दुई घन्टासम्म काम गर्नेको नेपालीमा ५७ र गणितमा ४७, दुईदेखि चार घन्टासम्मको नेपालीमा ५३ र गणितमा ४५ प्रतिशत रहेको छ । धेरै समय काम गर्नेको भने सिकाइ उपलब्धि कम पाइएको छ ।

सामुदायिक र निजीबीच ठूलो खाडल
सिकाइ उपलब्धिमा सबैभन्दा ठूलो खाडल सामुदायिक र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमा रहेको छ । कक्षा पाँचमा अंग्रेजी विषयमा ३५ प्रतिशत सिकाइ उपलब्धिमा ‘ग्याप’ रहेको छ । अध्ययन गरिएका तीन विषयमध्ये सबैभन्दा कम ‘ग्याप’ गणितमा रहेको छ । गणित विषयमा १६ प्रतिशतको ‘ग्याप’ रहेको छ । कक्षा पा“चमा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि नेपालीमा ४३, गणितमा ४५ र अंग्रेजीमा ३८ प्रतिशत रहेकामा निजी विद्यालयको नेपालीमा ६१, गणितमा ६१ र अंग्रेजीमा ७३ प्रतिशत रहेको छ ।

सामुदायिक विद्यालयमा ‘इनपुट’ : शिक्षा मन्त्रालय
शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. हरिप्रसाद लम्सालले निजी र सामुदायिक विद्यालयका विद्यार्थीमा आर्थिक–सामाजिक अवस्था फरक रहेकाले सिकाइ उपलब्धिमा ठूलो ग्याप रहेको बताए । प्रवक्ता लम्सालले आर्थिकसामाजिक अवस्थालाई मन्त्रालयले केही गर्न नसकिने भए पनि सामुदायिक विद्यालयमा इनपुट बढाएर सिकाइ उपलब्धि बढाउनुपर्ने बताए ।

केही समय घरमा सानोतिनो काम गर्दा पढाइ ‘मोनोटोनस’ नहुने र  एक घन्टा जति अभिभावकलाई सहयोग गर्दा सिकाइमा सहयोग पुग्ने हुँदा उपलब्धि बढेको हुन सक्ने लम्सालको विश्लेषण छ । केही समय काम गर्दा विद्यार्थी ‘रिफ्रेस’ हुने र सिकाइ उपलब्धि बढ्ने उनको तर्क छ ।

सबैभन्दा कमजोर उपलब्धि दलितमा
सरकारले गरेको अध्ययनअनुसार सबैभन्दा बढी सिकाइ उपलब्धि ब्राह्मण–क्षत्री र सबैभन्दा कमजोर दलितमा पाइएको छ । कक्षा पाँचमा ब्राह्मण–क्षत्री विद्यार्थीको सिकाइ उपलब्धि नेपालीमा ४९, गणितमा ५२ र अंग्रेजीमा ५३ प्रतिशत रहेको छ । तर, दलित विद्यार्थीमा नेपालीमा ४४, गणितमा ४३ र अंग्रेजीमा ३९ प्रतिशत मात्र रहेको छ । नेपालीमा सबैभन्दा कमजोर मधेसी विद्यार्थीको ४१ प्रतिशत रहेको छ । ब्राह्मण–क्षत्री र जनजातिको भने नेपालीमा सिकाइ उपलब्धि उस्तै देखिएको छ।

घरमा कुनै काम नगरी अध्ययन गर्नेभन्दा दैनिक एक घन्टासम्म काम गर्ने विद्यार्थीको पढाइ सबैभन्दा राम्रो रहेको पाइएको छ । कुनै काममा संलग्न नहुनेको सिकाइ उपलब्धि कतिपय विषयमा चार घन्टा काम गर्ने विद्यार्थीको भन्दा कमजोर रहेको सरकारी अध्ययनले देखाएको छ ।

- See more at: http://www.enayapatrika.com/2016/07/77548#sthash.vf6MWqzz.dpuf

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर

प्रतिक्रिया