Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालय पहिरोको जोखिममा

सोमबार, १० साउन २०७३

स्याङ्जा १० साउन / केही दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका ४ चिथाभन्ञ्याङमा रहेको भगवती प्रावि पहिरोको जोखिममा परेको छ ।

दुई दिनसम्म लगातार परेको वर्षाका कारण विद्यालय परिसरको पर्खालसँगै सरस्वतीको मन्दिरसमेत भत्किएको छ भने विद्यालय नै जोखिममा परेको हो । अधिकांश आदिवासी जनजातिको बसोबास रहेको सो स्थानमा रहेको विद्यालयमा सबैभन्दा बढी विद्यार्थी पनि आदिवासी जनजातिका नै अध्ययनरत छन् ।

गत वर्षको विनासकारी भूकम्पले विद्यालयमा क्षति पु¥याएपछि जिल्ला शिक्षा कार्यालय, स्याङ्जाले दुईकोठे भवनका लागि १५ लाख रकम सहयोग गरेको थियो । सो रकमबाट निर्माण गरिएको भवन अहिले पहिरोको कारण जोखिममा रहेको प्रअ मुक्तिप्रसाद कोइरालाले जानकारी दिए ।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् । पहिरोको कारण पठनपाठनमा समस्या भएको प्रअ कोइरालाको भनाइ छ ।

राजधानीमा खबर छ ।

प्रतिक्रिया