Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

नेविसंघ अध्यक्षका प्रयासी नै अनसनमा !

आइतबार, ०९ साउन २०७३

काठमाडौं - साउन अन्तिम साता तोकिएको नेपाल विद्यार्थी संघको अधिबेशन त्यही समयमा हुनु पर्ने माग राख्दै अध्यक्षका प्रत्यासी कुन्दनराज काफ्ले सहितका विद्यार्थी नेताहरु रिले अनसनमा बसेका छन् । नेवि संघमा प्रतिनिधि विवाद जारी छ । उक्त विवाद समाधानका लागि गठित ७ सदस्यीय कार्यदलले भागवण्डाका आधारमा प्रतिनिधि बाँडफाँड गरेको भन्दै रिएको भन्दै पूर्व कोषध्यक्ष समेत रहेका काफ्ले को नेतृत्वमा ११ जना विद्यार्थी नेताहरुले आईतबार देखि अनशन शुरु गरेका हुन् ।

अनसनको पहिलो दिन काफ्ले सहित ११ जना विद्यार्थी नेता अनसनमा छन् । ११ औं महाधिवेशनको सुनिश्चितताको लागि भन्दै माउ पार्टि काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा अनशन प्रारम्भ गरेका हुन् । पटक पटक नेतृत्वले नेवि संघको महाधिवेशन समयमा विधिवत् रुपमा सम्पन्न गर्न पहल नगरेको र आफुहरुले नेतृत्व समक्ष राखेको जायज मागहरु समेत पुरा नभएकोले बाध्य भएर रिले अनशन शुरु गर्नु परेको काफ्लेले बताए ।

नेतृत्वले भागवण्डा गरेर विवाद टुङ्गिएको भनिएका ६४ जिल्लामध्ये ११ जिल्लामा विधि र विधान विपरित नेतृत्व स्थापित गर्न खोजिएको र बाँकि ११ जिल्लामा हालसम्म  जिल्ला अधिवेशनको प्रक्रिया नै प्रारम्भ नगरीएको उनको आरोप छ । २२ जिल्लाको नेतृत्व र १६ सय प्रतिनिधि समेत भागवण्डाबाट तय गरिएको हुँदा उक्त निर्णय अविलम्व सच्याई संघको विधि र विधान बमोजिम तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नु पर्ने उनले बताए ।

नेवि संघ केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले संघको महाधिवेशन तोकिएकै समयमा विधिवत् रुपमा सम्पन्न गर्न र विधि र विधान विपरित भागवण्डा गरिएका नेतृत्व र करिब १६ सय महाधिवेशन प्रतिनिधिहरु खारेज गरी विधि अपनाउन माग गर्दै आफुहरुले अनशन शुरु गरेको बताए ।

अनसनमा काभ्रे, धादिङ, संखुवासभा, जाजरकोट, गुल्मी, अर्घाखाँची, बाँकेलगायतका जिल्ला अध्यक्ष र उपत्यकाका नेपाल ल क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, थापाथली इञ्जिनियरिङ्ग क्याम्पस, सरस्वति बहुमुखी क्याम्पस, पध्मकन्या बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस लगायत अन्य अधिकांश क्याम्पस इकाईको समर्थन तथा ऐक्यबद्धता रहेको काफ्लेको दावी छ ।

८ औं पटक सम्म घोषणा गरी स्थगित हुँदै आएको संघको महाधिवेशन नेतृत्वको दवाबमा सारिदै आएको छ । ५ वर्ष अघि ६ महिना भित्र महाधिवेशन गर्ने म्याण्डेड लिएर आएको रञ्जित कर्ण नेतृत्वको वर्तमान केन्द्रीय समितिले महाधिबेशन गर्न सकेको छैन । बल्ल तल्ल फेरी यही साउन २३ देखि २५ गते सम्म काठमाण्डौंमा महाधिवेशन गर्ने गरी मिति तय भएको छ । 

पहिलो दिनको अनसनमा काफ्ले सहित युवराज पाण्डेय, कृष्ण कुमारी बस्नेत, जित शेरचन, गणेश सापकोटा, सुदिप शर्मा, निभा गिरि, दुजाङ शेर्पा, चक्र गुरुङ, सञ्जिव शाह र धर्मदेव फुलारा बसेका छन् ।
छन् ।

प्रकाशित मिति २०७३ साउन ९ गते

प्रतिक्रिया