Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालय पुनर्निर्माण योजना तयार

आइतबार, ०९ साउन २०७३

गोरखा ९ साउन । भूकम्पले क्षति पु¥याएको विद्यालयका भवनहरु पुनर्निर्माण गर्न योजना तयार भएको छ ।

दुई वर्षभित्र सबै विद्यालयमा भूकम्प प्रतिरोधी स्थायी भवन बनाउने योजना तयार पारिएको जिल्ला शिक्षा शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए । गत वर्षको भूकम्पले भत्केकामध्ये ६५ वटा विद्यालयका भवन पुनर्निर्माण भइसकेका छन् । एक हजार ४३ कक्षाकोठा निर्माण गर्न विभिन्न दाता र गैरसरकारी संघसंस्थासँग सम्झौता भएको हो । शिक्षा विभागले तोकेको मापदण्डभित्र रहेर हरेक विद्यालयमा भूकम्प प्रतिरोधी कक्षाकोठा, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, खेलकुद मैदान, खानेपानी र तारबारको व्यवस्था गर्न लागिएको हो ।

भूकम्पले भत्काएका अझै दुई हजार ६ सय ३० कक्षाकोठा निर्माण गर्न आवश्यक छ । ती कक्षाकोठा शिक्षा विभागले विभिन्न दाता संघसंस्थाको सहयोगमा निर्माण गर्ने तयारी गरेको हुन । दुई हजार कक्षाकोठा संघसंस्था र शिक्षा विभागले निर्माण गर्नेछन्, जिशिअ सुवेदीले भने । भूकम्पले आंशिक क्षति पुगेका तीनसय ५२ कक्षाकोठा मर्मत गर्नुपर्ने अवस्थामा रहेका उनले बताए ।

नयाँ भवन निर्माण र मर्मत सम्भार गर्न संघसंस्था अझै जिल्ला शिक्षाको सम्पर्कमा आइरहेका छन् ।

कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।

प्रतिक्रिया