Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

प्रधानाध्यापकद्वारा जिल्ला शिक्षा अधिकारी कुटिए

शनिबार, ०८ साउन २०७३

मुगु ८ साउन / जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालमाथि हिजो आक्रमण भएको छ ।

नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्याप बिक्रमबहादुर शाहीको नेतृत्वमा गएका केही ब्यक्तिहरुले गाली गर्दै हमाललाई कुटपिट र गरेका थिए । उनीहरुले ल्यापटप र कार्यालयको ढोकासमेत तोडफोड गरेका थिए । नेपाल राष्ट्रिय माविमा कार्यरत प्रधानाध्यापक शाहीले बिगत तीन वर्षदेखि बिद्यालयमा अनियमित गरेको आरोप लागेपछि जिशिअले विद्यालयको खाता परिवर्तन गरेका थिए ।

कुटपिट लगत्तै प्रजिअ हमालले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शाहीलाई पक्राउ गरेको छ । हिजो राति कांग्रेसका केही कार्यकर्ता आएर आफूलाई पुन: कुट्ने प्रयास गरेको प्रजिअ हमालले बताए ।

राजबहादुर शाहीले काीन्तपुरमा खबर लेखेका छन् ।

प्रतिक्रिया