Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

पाठ्यक्रममा सुझाव सङ्कलन सुरु

शनिबार, ०८ साउन २०७३

काभ्रे ८ साउन / जीवनपयोगी सीपमा आधारित पाठ्यक्रम र अक्षराङ्कन पद्दतिका विषयमा सुझाव सङ्कलनकार्य आजदेखि काभ्रेपलाञ्चोकको धुलिखेलमा सुरु भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा संरचनागत र प्राज्ञिक हिसाबले पाठ्यक्रमलाई समायानुकुल कसरी बनाउने भन्ने विषयमा छलफल हुने पाठ्य विकास केन्द्रका उप निर्देशक टुकराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “शिक्षा ऐन नयाँ आएको छ त्यसैले पनि पाठक्रमलाई पनि समायानुकुल परिमार्जन आवश्यक छ ।”

पाठ्य विकास केन्द्रका उपनिर्देशक दुर्गा कंँडेलले सङ्घीय प्रणालीमा पाठ्यक्रम कस्तो हुने भन्ने विषयमा पनि छलफल हुने उल्लेख गर्दै विद्यालय शिक्षामा जीवनपयोगी पक्ष के हुने वा कसरी गर्ने भन्ने विषयमा चर्चा गर्नुभयो ।
काभ्रेपलाञ्चोकका जिल्ला शिक्षा अधिकारी डा दीपेन्द्र गुरुङले शारीरिक, भावनात्मक, आध्यात्मिक विकासमा जोड दिँदै व्यावहारिक, परोपकारी र मानवतावादी शिक्षा अहिलेको आवश्यक्ता भएको बताउनुभयो ।
उहाँले मातृभाषामा शिक्षा देखावटी मात्रै भएकाले प्रभावकारी नभएको तर्क गर्दै गणित र विज्ञान जस्ता प्राविधिक विषयमा नेपालमा पढाइ नै नभएको जिकिर गर्नुभयो ।

कार्यक्रममा विद्यालय शिक्षामा प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्म कार्यान्वयन कसरी गर्ने, विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रर्वद्धन, सङ्घीय संरचनामा पाठ्यक्रम तर्जुमा र अब बन्ने राष्ट्रिय शिक्षा आयोगले ध्यान केन्द्रित गर्नुपर्ने विषयमा समेत भिन्दाभिन्दै कार्यपत्र प्रस्तुत भएका छन् । सो कार्यक्रममा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, दोलखा, नुवाकोट, चितवन, धादिङलगायतका जिल्लाबाट करिब ५० जनाको सहभागिता छ।

मजदुर दैनिकमा खबर छ ।

प्रतिक्रिया