Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

सरकार जाँदा जाँदै शिक्षामा पनि नियुक्ति, त्रिबि सेवा आयोगमा शर्मा

विहीबार, ०६ साउन २०७३

काठमाडौं– सरकारले जादाँजादै त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा चैतन्य शर्मालाई नियुक्त गरेको छ । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष रहेका शर्मा शिक्षा आठौं शंसोधन ऐन लागू भएसँगै परिषद् खारेज भएपछि फुर्सदिला थिए ।

विपक्षी दलहरुले दूरगामी असर पर्ने नियुक्ति र निर्णय नगर्न सरकारलाई सचेत गराए पनि नयाँ शिक्षा मन्त्री अग्नी खरेलको सिफारिसमा त्रिबिका कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी ओलीले शर्मालाई नियुक्त गरेका हुन् । त्रिविको सहकूलपतिको हैसियतमा शिक्षा मन्त्रीले आयोगको रिक्त अध्यक्ष पदमा शर्माको सिफारिस गरेका थिए । शर्मा मदन भण्डारीको नाममा खुलेको कलेजका संस्थापक समेत हुन् । तत्कालिन शिक्षा मन्त्री चित्रलेखा यादवको पालामा भागवण्डाका आधारमा परिषद्मा भएको नियुक्तिमा शर्मा एमालेको कोटाबाट उपाध्यक्ष बन्न सफल भएका थिए ।

शर्मा परिषद्मा ४ बर्षे कार्यकालका लागि नियुक्ती भए पनि १ बर्षको अवधिमै नयाँ शिक्षा ऐनको कार्यन्वयनसँगैं खारेजीमा परेका थिए । आयोगमा उनको कार्यकाल ४ बर्षको हुने छ । ।

प्रकाशित मिति २०७३ साउन ६ गते

प्रतिक्रिया