Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

सांसदकै स्कुल बसमा तोडफोड, विद्यार्थी झारेर आगजनी

विहीबार, ०६ साउन २०७३

काठमाडौं - विद्यार्थीलाई आतंकित पार्दै राजधानीमा स्कुल बसमा आगजानी गरिएको छ । विद्यार्थी ओसार्न गएको बसलाई २–३ जना युवाले डल्लुमा विद्यार्थी ओरालेर आगो झोसेका हुन् ।

सांसद समेत रहेका निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठको लगानी रहेको ललितपुरको भम्सिखेलस्थित आईडियल मोडल स्कुलको  बा २ क ४६९ नम्बरको बसमा आगजनी भएको हो ।

अनुगमनका क्रममा दोषि पाईएको भन्दै शिक्षा मन्त्रालयले यो विद्यालय सहित उपत्यकाका १८ विद्यालयलाई कारवाहीको प्रकृया शुरु गरेको छ । शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समितिको अनुगमनले मनपरी शुल्क लिएको, छात्रबृत्ति ब्यवस्थित नगरेको, अनावश्यक पाठ्य पुस्तक भिडाएको लगायतका कमजोरी गरेको फेला पारेको थियो ।  

आगजनी गर्ने युवाहरु माओवादी कम्युनिष्ट केन्द्रवादीमा आवद्ध भएको पुष्टि भएको काठमाडौं प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको नाममा रहेकने पर्चा फेला पारेको छ । उक्त पर्चामा शैक्षिक माफिया विरुद्ध निजी स्कुल बन्द गरौ भन्ने लेखिएको छ ।

कलेज पढ्ने विद्यार्थी ओसार्न गएका बेला विहान पौने सात बजेतिर घटना भएको प्रिन्सिपल विराज क्षेत्रीले बताए ।

'बन्दका बेला किन चलाएको भन्दै आगो लगाएछन्' क्षेत्रीले एडुखबर संग भने, 'कसैलाई केही सूचनै नभएको बन्द कसले गरेको हो ? केही थाहै भएन, गाडी त खरानी भयो ।'

यसैविच प्रहरीले घटनामा संलग्न रहेको भन्दै चन्द्र बहादुर तामाङ र निर्मल मगरलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति २०७३ साउन ६ गते

प्रतिक्रिया