Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

शिक्षामा लगानी बढ्यो, उपलब्धि घट्यो

विहीबार, ०६ साउन २०७३

काठमाडौं ६ साउन/ शिक्षामा आकारमा लगानी बढेको छ । तर, विद्यार्थीको सिकाइ उपलब्धि घट्दै गएको छ । तीन वर्षमा सिकाइ उपलब्धि औसतमा झन्डै १५ प्रतिशत घटेको छ ।
शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ९इआरओ०ले देशभरका झन्डै ४० हजार विद्यार्थीमा गरेको अध्ययनले सिकाइ उपलब्धि घटेको देखाएको हो । इआरओको अध्ययनमा आर्थिक वर्ष ०६९र७० मा कक्षा ३ मा २८ जिल्लाका एक हजार ६ सय ९० विद्यालयका ३८ हजार सात सय ५३ विद्यार्थीमा सिकाइ उपलब्धि थियो । सो अध्ययनले राष्ट्रिय औसत उपलब्धि नेपालीमा ६३, गणितमा ६० प्रतिशत देखाएको थियो । तर, आव ०७२/७३ मा उपलब्धि घटेर नेपालीमा ५२ र गणितमा ४५ प्रतिशत रहेको इआरओको तथ्यांक छ ।
कक्षा ५ मा आव ०६९/७० मा ४१ हजार चार सय ७९ विद्यार्थीको परीक्षणमा नेपालीमा ६०, गणितमा ५३ र अंग्रेजीमा ५४ प्रतिशत रहेकोमा आव ०७२/७३ मा भने उपलब्धि घटेर नेपालीमा ४६, गणितमा ४८ र अंग्रेजीमा ४७ प्रतिशत पाइएको छ ।
आर्थिक वर्ष ०६८/६९ कक्षा ८ का ४८ हजार ६ सय ८२ विद्यार्थीमा गरिएको परीक्षणमा नेपालीमा ४९, गणितमा ४३ र सोसियोलोजीमा ४९ प्रतिशत सिकाइ उपलब्धि थियो । तर, आव ०७०र७१ मा भने ४४ हजार ६७ विद्यार्थीमा गरिएको अध्ययनमा उपलब्धि घटेर नेपालीमा ४८, गणितमा ३५ र विज्ञानमा ४१ रहेको थियो । इआरओले आव ०६८र६९ देखि विभिन्न कक्षाका विद्यार्थीको नेसनल एसिस्मेन्ट अफ स्टुडेन्ट एचिभमेन्ट ९नासा० अध्ययन गर्दै आएको छ ।
छात्राको उपलब्धि बढी
शिक्षा मन्त्रालयको अध्ययनमा छात्रामा सिकाइ उपलब्धि बढी देखिएको छ । आव ०७२/७३ मा कक्षा ३ का छात्राको उपलब्धि नेपालीमा ५४ प्रतिशत छ भने छात्रको ५१ प्रतिशत छ । गणितमा भने बराबर ४५ प्रतिशत छ । कक्षा ५ मा पनि सबैजसो विषयमा छात्राको उपलब्धि बढी देखिएको छ । नेपालीमा छात्राको ४८ र छात्रको ४६, गणितमा छात्राको ५० र छात्रको ४८ र अंग्रेजीमा बराबर ४७ प्रतिशत रहेको इआरओको प्रतिवेदनमा छ ।
दुर्गम र सुगममा ठूलो ‘ग्याप’
विद्यार्थीको उपलब्धिमा दुर्गम र सुगम क्षेत्रमा धेरै अन्तर छ । आव ०७२/७३ को अध्ययनमा सुगम क्षेत्रका विद्यार्थीको उपलब्धि नेपालीमा ६० र दुर्गमका विद्यार्थीको ४९ प्रतिशत छ । गणितमा सुगममा ५१ र दुर्गममा ४४ प्रतिशत रहेको तथ्यांक छ । कक्षा ५ मा अंग्रेजीमा झनै ठूलो अन्तर छ । अंग्रेजीमा सुगमको उपलब्धि ६६ र दुर्गमको ४० प्रतिशत छ । नेपालीमा सुगममा ५३ र दुर्गममा ४४, गणितमा सुगममा ५५ र दुर्गममा ४७ प्रतिशत उपलब्धि रहेको अध्ययनमा देखिएको छ ।
सबैभन्दा कमजोर मध्यपश्चिममा
उपत्यकासहित पाँच विकास क्षेत्रमध्ये सबैभन्दा कमजोर मध्यपश्चिमका विद्यार्थी रहेको इआरओको अध्ययनले देखाएको छ । ०७२/७३ मा कक्षा ३ विद्यार्थीको उपलब्धि नेपालीमा ३७ र गणितमा ५२ प्रतिशत छ । कक्षा ५ मा नेपालीमा ४१, गणितमा ४३ र अंग्रेजीमा ३८ उपलब्धि पाइएको छ । सबैभन्दा राम्रो सिकाइ उपलब्धि उपत्यकामा पढ्ने विद्यार्थीको छ । उपत्यकामा कक्षा ३ मा नेपालीमा ६४ र गणितमा ५१ छ । कक्षा ५ मा नेपालीमा ५७, गणितमा ५८ र अंग्रेजीमा ७९ प्रतिशत उपलब्धि रहेको तथ्यांक छ ।
शिक्षामा बजेटको आकार यस्तो छ
शिक्षामा केही वर्षयताको लगानीको आकार बढेको छ । आव ०६९/०७० मा साढे ६३ अर्ब रहेको शिक्षाको बजेट आव ०७३/७४ मा एक खर्ब १६ अर्ब ३६ करोड पुगेको छ । तर, लगानीअनुसार सिकाइ उपलब्धि बढ्नुपर्नेमा झन् घटेको छ ।
सिस्टमकै कारण घट्यो  शिक्षाविद्
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सरकारले लागू गरेको सिस्टमकै कारण विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुादै गएको बताए । शिक्षकले सुधारात्मक कक्षा लागू नगर्नु तर उद्धार कक्षोन्नति गरेका कारण सिकाइ उपलब्धि घटेको उनको दाबी छ । शिक्षकले क्षमता नजाँची विद्यार्थीलाई नम्बर दिने र ७५ प्रतिशत हाजिरी पुर्‍याइदिएका कारण सिकाइ उपलब्धि घटेको उनको तर्क छ । ग्रेडिङ सिस्टमले पनि विद्यार्थीको उपलब्धिमा कमी ल्याउने उनले बताए । क्यास, ग्रेडिङजस्ता सिस्टम राम्रा भए पनि नेपालको सन्दर्भमा उपयुक्त नभएको उनको भनाइ छ ।
कक्षाकोठाभित्र कमजोरी भयो: शिक्षा विभाग
शिक्षा विभागका महानिर्देशक खगराज बरालले आफूहरूले सिकाइ उपलब्धि बढाउने काम भए पनि उपलब्धि झनै घट्दो क्रममा रहेको स्विकारे । सिकाइ उपलब्धि बढाउन राम्रो पाठ्यक्रम, शिक्षक तालिम, शैक्षिक सामग्रीलगायतको व्यवस्था गरे पनि कक्षाकोठाभित्र उपलब्धि नदेखिएको उनको भनाइ छ ।

भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर

प्रतिक्रिया