Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालयको ११ करोड रोक्का

विहीबार, ०६ साउन २०७३

काठमाडौ ६ साउन / असार मसान्तभित्र सम्झौताअनुसार काम पूरा नगर्ने विद्यालयको ११ करोड बढी रकम रोक्का गरिएको छ । काम सम्पन्न भएपछि भुक्तानी हुने गरी रोक्का गरिएको हो ।
काम अधुरै भए पनि जिल्ला शिक्षा कार्यालय बाजुराले रकम फ्रिज नगरी विनियोजित बजेट विद्यालयमा पठाएर खाता रोक्का गरेको हो ।
गत आवमा जिल्लामा ८१ भवन निर्माणका लागि कोटा पारिएको थियो । यी मध्ये २३ वटा विद्यालयले मात्रै सम्झौताअनुसार असार मसान्तभित्र काम पूरा गरी पेश्की फस्र्योट गरेको जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताए ।
जिल्लामा भौतिक निर्माणतर्फ १४ करोड प्राप्त भएको थियो । त्यसमध्ये ११ करोड ६१ लाख विनियोजन गरिएको थियो । उक्त रकममध्ये असार मसान्तभित्र ३ करोड १२ लाख ५० हजार मात्र खर्च भएको हो । भवन बाहेकका निर्माण कोटामा समेत निर्धारित समयभित्र ४३ लाखको काम अधुरै छ ।

कान्तिपुर दैनिकमा प्रकाशित खबर

प्रतिक्रिया