Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

शैक्षिक विकासमा योगदान गर्नेलाई सम्मान

बुधबार, ०५ साउन २०७३

ओखलढुंगा– चौतारा माध्यमिक विद्यालय मुलखर्कका संस्थापक एवं अध्यक्ष दिलबहादुर खत्रीलाई शैक्षिक विकासमा योगदान गरेको भन्दै सम्मान गरिएको छ । सामाजिक विकासको विभिन्न क्षेत्रमा योगदान पु¥याउदै आएका व्यक्तिलाई पद्ममादल स्मृति प्रतिष्ठानले हरेक बर्ष सम्मान गर्दै आएकोमा यस बर्ष समाजसेवी खत्रीलाई १० हजार नगद सहित सम्मान गरिएको हो ।

खत्रीले मुलखर्क गाविसको शैक्षिक विकास र चौतारा माध्यमिक विद्यालय स्थापना गरी विद्यालय सञ्चालनमा योगदान पु¥याएको विगत छ । त्यसैको मुल्यांकन गर्दै प्रतिष्ठानले खत्रीलाई सम्मान गरेको हो ।

विद्यालयका शिक्षक मनोज तामाङ्गले उनको योगदानको स्मरण गर्दैं खत्रीले बृद्धभक्ता वापतको समाजिक सुरक्षाको रकम समेत विद्यालयको फर्निचर निर्माणमा लगायतका काममा खर्चिएको बताए ।
प्रतिष्ठानले स्थापनाकाल देखि नै कृषि उत्पादन, पशुपालन र शैक्षिक परिर्वतनको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

सम्मान कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष डा. लिलाबहादुर कार्कीले विद्यालय स्थापनाका क्रममा २०४५ सालदेखि हालसम्म खत्रीले पु¥याएको योगदानको स्मरण गरे । खत्रीले शैक्षिक विकासको दृष्टीले पिछडिएको उक्त क्षेत्रमा चौतारा माध्यमिक विद्यालय स्थापना गरी विपन्न समुदायको शैक्षिकस्तर सुधार गर्न तथा विद्यालयको स्तर वृद्धि गर्न ४ रोपनी जग्गा दान दिएका थिए ।

प्रकाशित मिति २०७३ साउन ५ गते

प्रतिक्रिया