Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

दाइजो नल्याएको भन्दै शिक्षकले नै श्रीमतीलाई १० दिन थुने

बुधबार, ०५ साउन २०७३

काठमाडौं ५ साउन /आफनै श्रीमानबाट घरमा दश दिनदेखि थुनेर बन्धक बनाइएकी एक महिलालाइ प्रहरीले उद्धार गरेको छ।

वीरगन्ज उपमहानगरपालिका-३० कुहँडी टोलका अनिल यादवले आफनी श्रीमति ममता कुमारी पाण्डेलाई दश दिन देखि घरमै थुनेर बन्धक बनाएका थिए।

ममताका बुबा राम अयोध्या यादवले खबर गरे पछि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक ऋषि ढुङगानको नेतृत्वमा गएको प्रहरीले टोलीले मङगलवार दिउँसो ममतालाइ उद्धार गरेको हो। ममताका श्रीमान हरपतगन्जमा रहेको गोल्डेन वाटिका इंग्लीश बोर्डिङ स्कुलका शिक्षक पनि हुन्।

ममतालाइ घरमा थुनेर बन्धक बनाएका शिक्षक अनिललाइ प्रहरीले मङगलवार नै पक्राउ गरेको छ। उनलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। सोमबार ममताको घरमा गएका उनका कान्छा भाइले आफनी दिदीलाइ घर भित्र थुनेर राखेको देखेपछि बुबा राम अयोध्यालाइ खबर गरेका थिए।

दाइजो कम दिएको निहुमा ज्वाइ अनिलले छोरी ममतालाइ कुटपिट गरि दश दिन देखि घरमा थुनेर राखेको खबर पाएपछि प्रहरीलाइ खबर गरेको ममताका बुबा राम अयोध्याले बताए। ममता र अनिलको २०६७ साल जेठ १७ गते हिन्दु रितिवाज अनुसार मागी विवाह भएको थियो।

विहेमा ममताका बुबा रामअयोध्याले चार लाख रुपैया नगद र मोटरसाइकल दाइजो पनि दिएका थिए। दाइजो कम दिएको निहुमा ज्वाँइ अनिलले छोरी ममतालाइ शारिरिक यातना दिन थालेपछि ममतका बुबा रामअयोध्याले एक महिना पहिले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए।
उजुरीका आधारमा प्रहरीले अनिल र उनकी पत्नि ममतालाइ जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाएर मिलापत्र गराइ घर पठाएको थियो।
तर असारको अन्तिम साता देखि अनिलले फेरि आफनी पत्नि ममतालाइ शारिरिक यातना दिदै घरको कोठामा थुनेर राखेको खबर पाएप्छि ममताका बुबाले मङगलवार प्रहरीलाइ खबर गरेका थिए।

मङगलवार वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक ढुङगाना नेतृत्वको प्रहरी टोलीले अनिलको घरमा पुग्दा ममतालाइ घर भित्रै थुनेर बन्धक बनाएर राखिएको अवस्थामा फेला पारेको थियो।अनिलले पत्नि ममतालाइ घर भित्र थुनेर घरको मूल ढोका ताल्चा लगाएर आफु खेतमा काम गर्न गएका थिए।

प्रहरी घरमा आएको थाहा पाएपछि खेतबाट फर्किएका अनिलले ढोकाको ताल्चा खोलेपछि ममतालाइ प्रहरीले उद्धार गरेको प्रहरी निरिक्षक ढुङगानाले बताए। उद्धार गरिएकी ममतालाइ उनका बुबा रामअयोध्याको जिम्मा लगाएर पठाइएको र अनिललाइ भने जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।

ममताका पति अनिलले भने आफुले आफनी पत्निलाइ बन्धक नबनाएको बताएका छन्। आफु विद्यालयमा पढाउन र बाहिर जादा अरु कोही मान्छे घर भित्र नपसोस् भनेर पत्निलाइ घर भित्र राखेर ढोकामा ताल्चा लगाएर जाने गरेको अनिलले बताए।

तीन वर्ष पहिले सरकारी विद्यालयमा शिक्षकको जागरि लगाइदिन भनेर ससुरा रामअयोध्याले आफुसंग साढे तीन लाख रुपैया लिएको भएपनि अहिले सम्म उक्त रकम फिर्ता नगरेको अनिलको भनाइ छ। त्यही रकमको निहु बनाएर अनिलले आफनी पत्निलाइ शारिरिक यातना दिनुका साथै घरमा थुनेर राखेको उनका छिमेकीहरुले बताएका छन्।

ममताका बुबा राम अयोध्याले भने जागीर लगाइ दिनका लागि आफुले नभइ गाँउकै एक व्याक्तिले ज्वाइ अनिलसंग रकम लिएको र उक्त रकम फिर्ता गराउनका लागि आफु पहल गर्दै आएको बताए।आफुलाइ पटक पटक कुटपिट गर्दै १० दिन देखि घरमा बन्धक बनाएर राखेको पिडित महिला ममताले बताएकी छन्।

'दाइजोकै निहुमा मलाइ पटक पटक कुटेका छन्' उनले भनिन्, 'बुबाले लिएको साढे तीन लाख फिर्ता नगरेपछि मलाइ घरमा थुनेर राखेका हुन्।पति अनिलले हात खुटटा बाँधेर र मुखमा कपडा समेत कोचेर कुटपिट गरेको ममताले मङगलवार जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीमा उल्लेख छ।

पत्नि ममतालाइ घर भित्र थुनेर राखेका शिक्षक अनिलले अत्यन्त अमानवीय काम गरेकाले उनी विरुद्ध घरेलु हिंसा सम्बन्धि कसुर तथा सजाय ऐन अन्तर्गत मुद्धा दर्ता गरि कार्वाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी उपरिक्षक श्रेष्ठले बताए।

अन्नपूर्ण पोष्टमा क्रान्ति शाहको खबर 

प्रतिक्रिया