Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

मध्यरातमा विद्यालय जलाइयो, एक करोडको क्षति

आइतबार, २० भदौ २०७२

काठमाडौं २० भदौ / लमजुङको सुन्दरबजार नगरपालिका–१३ कुन्छास्थित शान्ति उच्च माध्यामिक विद्यालयमा शुक्रबार मध्यरातमा आगो लगाइएको छ ।

अज्ञात समुहले शुक्रबार राति १२ बजे बिद्यालयमा आगजनी गरेको हो । ‘    दिउँसो विद्यालयको प्रथम चौमासिक परीक्षा चलेको थियो’, विद्यालयका प्राचार्य नारायण गिरीले भने, ‘राति एक्कासी आवाज आएपछि हेर्न जाँदा विद्यालय आगोले बलिरहेको थियो । ’

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएपनि विहान प्रहरीको टोलीले निरीक्षण गर्दा कक्षा ९ को झ्यालको रड काटेर आगो लगाएको भेटिएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए ।

आगजनीबाट विद्यालयको प्रशासन, किचन, लाईब्रेरीसहित चारवटा कोठा पूर्णरुपमा जलेका छन् ।

घटनाको तीन घण्टापछि स्थानीयबासीले निभाएर विद्यालय थप क्षति हुनबाट जोगाएका थिए । आगजनीबाट विद्यालयका २० थान कम्प्युटर, टेबल, दराज र कुर्सी लगायत सामाग्री नष्ट भएको प्रचार्य गिरीले  बताए ।

आगजनीबाट बिद्यालयमा एक करोड २० लाखको क्षति भएको उनले जानकारी दिए । घटनाको अनुसन्धान थालिएपनि हालसम्म कोही पक्राउ नपरेको प्रहरी निरीक्षक थापाले बताए ।    

लमजुङको पुरानो सदरमुकाम कुन्छास्थित शान्ति उमावि २००९ सालदेखि सञ्चालनमा आएको थियो । सो विद्यालयमा पाँच सय बढी विद्यार्थी अध्ययनरत छन्  ।

अन्नपूर्ण पोष्टमा दीपक अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया