Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

प्रिन्सिपलबाटै ७ वर्षीया बालिका बलात्कृत

सोमबार, २१ भदौ २०७२

काठमाडौं २१ भदौ / लमजुङको सोतीपसलस्थित रिस्ती भ्याली विकास बोर्डिङका प्रिन्सिपल हरिकृष्ण ओझाले आफ्नै विद्यालयकी सात वर्षीया छात्रालाई बलात्कार गरेका छन् ।

तनहुँको क्यामिन गाउँ विकास समिति–६ स्थायी घर भएका प्रिन्सिपल ओझाले ती छात्रालाई चक्लेट दिएर बलात्कार गरको बालिकाका दाजुले बताएका छन् ।

कक्षा १ मा पढ्दै गरेकी बालिकालाई बलात्कार गरेर ‘कसैलाई नभन्नु’ भनेको बालिकालाई उधृत गर्दै उनका दाजुले जानकारी दिए ।

बालिकालाई बलात्कार गरेपछि स्थानीयले विद्यालय घेराउ गरी नाराबाजी गर्न थालेपछि प्रिन्सिपल ओझालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय सोतीपसलका सई गणेश साउदले बताए ।

बालिकालाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराएपछि स्वास्थ्य रिपोर्टका आधारमा प्रिन्सीपलविरुद्व मुद्वा दर्ता गरी कारवाही अगाडि बढाइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

बयानका क्रममा प्रिन्सीपल ओझाले बालिका बलात्कारको घटना स्वीकारेको उनले जानकारी दिए ।

अन्नपूर्ण पोष्टमा दीपक अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया