Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

सिटीइभिटीका सदस्य सचिव लामिछाने अन्र्तराष्ट्रिय पदमा, उनी पछि को ?

सोमबार, ०३ साउन २०७३

काठमाडौं–प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्का सदस्य सचिव डा.रामहरी लामिछाने कोलम्बो प्लानको महानिर्देशक पदमा चुनिए पछि परिषद्मा नयाँ सदस्य सचिवका बारेमा चर्चा शुरु भएको छ । यो चर्चासँगैं परिषद्मा कार्यरतहरु मध्ये करिब आधा दर्जन आकांक्षी देखिएका छन् ।

आगामी बैशाखसम्म कार्यकाल रहेका लामिछाने करिब २ महिना पछि अर्थात् आउँदो सेक्टेम्बरमा उक्त पद सम्हाल्न फिलिपिन्स स्थित कार्यालयमा हाजिर हुने छन् । कडा प्रतिष्पर्धाबाट चुनिएका लामिछाने उक्त पदमा पुग्ने पहिलो नेपाली हुन् । एसिया प्यासिफिक अन्र्तगत १७ देश आवद्ध कोलम्बो प्लान स्टाफ कलेजको उक्त पद अन्तराष्ट्रिय स्तरको पद भएकोले पनि यो लामिछानेका लागि मात्रै नभएर नेपालको प्राविधिक शिक्षाकै लागि अवसर हो । किन भने उक्त कलेजले यस क्षेत्रको प्राविधिक शिक्षाको विकास र अनुसन्धानमा कार्य गर्दछ । नेपालमा पनि प्राविधिक शिक्षाको विकास र विस्तारका लागि उनको त्यो पद मार्फत् प्राप्त हुने भूमिका महत्वपूर्ण हुन सक्ने सम्भावना प्रवल छ ।

स्थापना देखि राजनितिक नियुक्ति हुँदै आएको सीटीईभीटीमा लामिछानेनै प्रतिस्पर्धाका आधारमा सदस्य सचिव हुने पहिलो व्यक्ति हुन् । ११ जना प्रतिष्पर्धिबाट उनी २०७० साल बैशाख १५ गते सदस्य सचिव नियुक्त भएका थिए । 

संयोग नै भनौं, लामिछाने सदस्य सचिव हुँदा शिक्षा सचिव रहेका सोमलाल सुवेदी उनी कोलम्बो प्लानमा छनौट हुँदै गर्दा मुख्य सचिव छन् । उक्त पदमा मुख्य सचिवको भूमिका के हुन्छ यसै भन्न नसकिए पनि लामिछानेको राजिनामा संगै खाली हुने पदमा परिषद्मा कार्यरत करिब आधा दर्जनले आफु निकटहरु समक्ष योग्य दावी गर्न लागेका छन् ।

उक्त पदको दावेदारीका लागि सामान्य त प्राविधिक शिक्षा अन्र्तगत स्नातकोत्तर हुनुपर्ने मापदण्ड भए पनि यसपटक भने उक्त मापदण्डलाई परिवर्तन गरिएको छ । परिषद्मा कार्यरत प्राविधिक निर्देशकको जिम्मेवारी सम्हालेको ५ बर्षको अनुभव र कार्य दक्षताको आधार सहितको मापदण्ड छ ।

सिटीइभिटी नेपालको व्यवसायिक तालिम तथा प्राबिधिक शिक्षा सञ्चालन गर्ने र सम्वन्धन, नियमन र अनुगमन गर्ने एकमात्र आधिकारिक संस्था हो । यो संस्थाको स्थापना ०४२ सालमा भएको हो । पछिल्ला दिनमा यो संस्थाको साख त्यत्ति राम्रो छैन । सामान्य अर्थमा भन्नु पर्दा शिक्षा अन्र्तगतको भंसार कार्यालयका रुपमा संस्था परिभाषित छ । लामिछाने नियुक्त हुँदा जस्तै मानक स्थापना गर्न सकिएन भने, यो संस्थाको नेतृत्व सम्हाल्न राजनितीक पहँुच देखि सत्ताको तावेदारी चल्ने पक्का छ । लामिछाने राजिनामा दिएर फिलिपिन्स जाने भएपछि त्यहाँ रहेका केही निर्देशकले त्यो पदका लागि आफ्नो योग्यता र पहँुचको जोडवल शुरु गरिसकेका छन् ।

स्रोतका अनुसार परिषद्का अनुसन्धान निर्देशक सौरभराम जोशी विदामा बसेर अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) मा आवद्ध रहेका भए पनि लामिछानेले राजिनामा दिएपछि उक्त पदको दावेदारीको ताकमा छन् ।

त्यसैगरी चिया तथा कफी वोर्डको निर्देशकको अनुभव समेत संगालेका परिषद्मा कार्यरत भद्र स्वभावका भनेर चिनिने विनय मिश्र पनि उक्त पदमा प्रतिष्पर्धी देखिएका छन् । यस्तै परीक्षा शाखाका ईश्वरी भट्ट बद्लिदो सत्ता समिकरणको पहुँचलाई उपयोग गरेर भए पनि उक्त पदमा पुग्ने अभिलाषामा छन् । त्यसैगरी  परिषद् अन्र्तगतको इन्सोयर परियोजनाका प्रमुख महेश भट्टराई आफु पनि उक्त पदका लागि योग्य दावेदार भएको सावित गर्न लागेका छन् । प्राबिधिक शिक्षामा स्नातकोत्तरको मापदण्ड लागु भए उक्त पदको पहिलो प्रतिष्पर्धीको दावी भट्टराईले शुरु गरेका छन् । सत्ता समीकरणको राजनितीक पहुँच पर्ख र हेरको नितीमा रहेका भट्टराई यस अघि पनि सदस्य सचिवका प्रतिष्पर्धी हुन् ।

त्यसैगरी कार्यक्रम महाशाखाका निर्देशक दिवत श्रेष्ठ पनि आफ्नो कार्यकालको अन्तमा कार्यकारी सदस्य सचिवका प्रतिष्पर्धी बन्ने योजनामा रहेको बुझिएको छ । परिषद्को जागीरबाट विदा लिएर सेभ द चिल्ड्रेनको परियोजनाको काममा आवद्ध उनले आफ्नो योग्यताले दिएको अधिकार उपयोग गर्दै प्रतिष्पर्धी बन्ने मुडमा रहेको स्रोतको भनाई छ ।

आप्mना तर्फबाट उक्त पदका लागि विभिन्न ब्यक्तिले दावेदारी प्रस्तुत गरे पनि प्रक्रिया भने पुरा गर्नुपर्ने हुन्छ । तपाईले आफ्नो पदभार हस्तान्तरण गर्ने कसलाई त ? लामछिानेको स्पष्ट उत्तर छ - 'यो मैले निक्र्यौल गर्ने विषय हैन, सदस्य सचिव चयन गर्ने छुट्टै मापदण्ड छ ।'  

योजना आयोगका शिक्षा हेर्ने सदस्य, शिक्षा सचिव र शिक्षा मन्त्रीले तोकेको पूर्व शिक्षा सचिव सहितको एक सिफारिस समिति गठन हुनेछ । समितिले उक्त पदका लागि विज्ञापन गर्नेछ । पूर्ववत मापदण्ड सहित कार्यक्षमताको आधार र  सत्ताको पुहँचलाई समेत ध्यान दिएर समितिले प्रतिष्पर्धीहरु मध्येबाट छनोट गर्नेछ ।

०४६ साल चैतमा लेखा अधिकृतबाट सी टी ई भी टीमा प्रवेश गरेका मकवानपुरका लामिछानेसंग प्रशिक्षक, प्रमुख प्रशिक्षक हुँदै निर्देशक भएको अनुभव छ । काठमाण्डौं विश्वविद्यालयबाट गरिव तथा विपन्न बर्गको प्राविधिक शिक्षामा पहुँच विषयमा विद्याबारिधि गरेका लामिछानेले अमेरिकाबाट एजुकेशन प्लानिङ् एण्ड पोलिसीमा प्रोफेसनल कोर्ष समेत गरेका छन् ।

धेरै कोणबाट योग्य रहँदा रहँदै पनि सत्ताको पहुँचका अतिरिक्त छनोट समितिका एक सदस्यको विहानीको ब्याडमिन्टन कोर्टसम्मको पहुँच परिचालन गरेर लामिछाने सफल भएको भन्दै आलोचना गर्नेहरु यतिखेर त्यस्तै उपायको खोजिमा ब्यस्त भेटिन्छन् ।

प्रकाशित मिति २०७३ साउन ३ गते

प्रतिक्रिया