Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

अब विद्यालय तहमै कानुन विषय पढ्न पाइने

सोमबार, ०३ साउन २०७३

काठमाडौ ३ साउन / कक्षा ११ र १२ मा कानुन समूह थप गरिने भएपछि विद्यार्थीले माध्यमिक तहमै कानुन विषय पढ्न पाउने भएका छन् ।

राष्ट्रिय पाठ्यक्रम तथा विकास केन्द्रले कानुनको विषय कक्षा ११ र १२ मा समावेश गराई यसै वर्षबाट लागू गराउने भएको छ ।

केन्द्रले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्बाट पारित गराएर यसै वर्षबाट कानुन समूह लागू गराउने भएपछि विद्यार्थीले माध्यमिक तहमै कानुन विषय पढ्न पाउने भएका हुन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रवीणता प्रमाणपत्र तहमा कानुन समूह पढ्न पाइने भए पनि प्रवीणता प्रमाणपत्र तह खारेजी भएपछि ११ र १२ कक्षामा विद्यार्थीले कानुन अध्ययन गर्न पाएका छैनन् ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम पौडेलका अनुसार हाल कक्षा ११ र १२ मा शिक्षा, मानविकी र प्राविधिक समूह पढ्न पाएजस्तै कानुन समूहलाई पनि विद्यालय तहको पाठ्यक्रममा समावेश गराइन लागेको हो ।

राजधानी दैनिकमा किरण बुढाथोकीले लेखेको खबर

प्रतिक्रिया