Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

त्रिविले बनायो आफ्नै इतिहास खोज्न समिति

शनिबार, ०१ साउन २०७३

काठमाडौं १ साउन / नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनाएको छ । इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोजकत्वमा त्रिविले समिति बनाएको हो ।

असार मसान्तसम्ममा प्रतिवेदन दिने गरी गठन गरेको पाँच सदस्यीय कमिटी अहिले त्यत्ति सक्रिय छैन । कमिटीका संयोजक पंगेनी भन्छन्, ‘विगत दुई महिनादेखि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय खोजिरहेको छु, म हराएको छु ।’

अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु
२०१६ सालमा त्रिपुरेश्वरस्थित हालको वल्र्ड ड्रेड सेन्टरबाट त्रिभुवन विश्ववद्यालयको यात्रा सुरु भएको इतिहास विषयका प्रा.डा पंगेनीले बताए । अहिले कसरी विश्वविद्यालय स्थापना भयो, किन कीर्तिपुरमा विश्वविद्यालय आयो भन्ने तथ्यको खोजीमा लागेको उनको भनाइ छ । ‘भिसी अफिस, केन्द्रीय पुस्तकालयमा खोजेको खोज्यै छु, भनेजस्तो रेकर्ड पाएको छैन,’ उनले भने । कमिटीले त्रिविमा स्थापनाको सिद्धान्त के थियो, व्यवहारमा कस्तो रहेको छ भन्ने पनि पत्ता लगाउने प्रयत्न गरेको छ । उनका अनुसार त्रिवि स्थपना गर्न विदेशी प्राध्यापक र विदेशी व्यक्तिहरू ल्याएर काम लगइएको थियो । २०१६ सालअघि नै अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु गरेका थिए । २०१४ सालतिर इन्डियन एट मिसनबाट सहयोग भएको पाइएको छ ।

पहिले नै स्थापना भएका कलेजलाई सम्बन्धन
त्रिविले पहिले नै स्थापना भएका कलेजहरूलाई सम्बन्धन दिएर काम सुरुवात गरेको थियो । २०१६ सालमा आठवटा विषयबाट त्रिविको शैक्षिक यात्रा सुरु गरेको थियो । त्रिविले २०२४ सालमा कीर्तिपुरमा भवनहरू निर्माण गरेपछि त्रिपुरेश्वरबाट कार्यालय सरेको थियो । त्रिविको स्थापना हुनुभन्दा पहिले नै कीर्तिपुरमा कलेज अफ एजुकेसन सुरु भएको थियो । पंगेनीका अनुसार ०१३ सालमै सो कलेज सञ्चालन भइसकेको थियो । त्रिपुरेश्वरबाट त्रिवि कीर्तिपुर सर्नुभन्दा पहिले सञ्चालन भएको कलेज अफ एजुकेसन पनि त्रिविअन्तर्गत थियो ।

त्रिविले मनायो ५७औँ वार्षिकोत्सव
त्रिविले ५७औा वार्षिक दिवस सप्ताहव्यापी रूपमा मनाएको छ । राजा त्रिभुवनको जन्मतिथिअनुसार त्रिविले २९ असारमा एक हप्ते कार्यक्रम गरी मनाएको हो । मुलुकुको उच्च शिक्षा नीति बहुविश्वविद्यालयको प्रयोग र त्रिविको भावी कार्यदिशाबारे छलफल, सरसफाइ तथा वृक्षरोपण, फ्री वाइफाई जोन, स्मार्ट बोर्ड, अनलाइन, दूरशिक्षा, उपकुलपति कार्यालयको शिलान्यास, रक्तदानलगायतका कार्यक्रम गरी त्रिवि दिवस मनाइएको हो ।

त्रिविको समग्र इतिहास खोजिने
‘त्रिभुवन विश्वविद्यालयको सम्पत्ति अथाह, छ तर कति छ भन्न गाह्रो छ,’ यो भनाइ हो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा तीर्थ खनियाँको । उपकुलपति प्रा।डा। खनियााले त्रिभुवन विश्वविद्यालयको सुरुवात कसरी भयो, अहिलेसम्म आइपुग्दा कस्ता निर्णय भए र अब कसरी अघि बढ्ने भन्ने कुरालाई कमिटीले दिएको सुझाबले सहयोग हुने बताए । त्रिवि कसरी आयो र अहिले त्रिविका सम्पत्तिलाई किन अरू विश्वविद्यालय लैजान खोजे, सम्पत्ति कसरी प्राप्त भयो, भौतिक सम्पत्ति कति छ र कसरी संरक्षण गर्ने भन्ने त्रिविको इतिहासमा खोजिने उनले बताए । रानीको पकेट मनीबाट सुरु भएको विश्वविद्यालयको यात्रा खोजिने उनको भनाइ छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया