Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, नतिजाको लिंक सहित

बुधबार, १६ भदौ २०७२

भक्तपुर १६ भदौ */ शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत माध्यमिक तर्फको केही विषयको परीक्षाफल प्रकाशित गरेको छ । स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, कम्प्युटर, स्वास्थ्य शारिरिकको नतिजा सार्वजनिक गरेको हो । यस्तै संस्कृत तर्फ साहित्य, ब्याकरण, शिक्षा र भाषाको नतिजा पनि प्रकाशन गरेको आयोगले जनाएको छ । नेपाली र अर्थशास्त्र विषयमा मध्यमाञ्चल बाहेकका क्षेत्रको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ । 

नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्

गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको हो । आयोगका अध्यक्ष उदयराज सोतीको अवधि असोजमा सकिने भएकाले उनले आफ्ना पालामा गरेको विज्ञापनको सम्पूर्ण काम आफ्नै कार्यकालमा सक्ने गरी कर्मचारी खटाउँदा नतिजा चाँडै सार्वजनिक गर्न आयोग सफल भएको आयोग श्रोतले जनाएको छ ।

माविको बाँकी रहेका विषयको नतिजा एवं निमावि तहको परीक्षाफल अब, क्रमैसंग प्रकाशित गर्दै जाने आयोगको तयारी रहेको प्रशाशकीय अधिकृत लक्ष्मीराम पौडेलले बताए ।

माध्यमिकको परीक्षामा सहभागि हुन ४४ हजार ३ सय १९ जनाले आवेदन भरेका थिए । यी मध्ये ३६ हजार ८ सय ९३ जना मात्रै परीक्षामा सहभागि भएका थिए । यस्तै निमाविमा आवेदन भरेका ३१ हजार ३ सय ६५ मध्ये २४ हजार ९ सय ९९ मात्रै परीक्षामा सहभागि भएका थिए ।

स्थायी शिक्षकको परीक्षाका लागि आवेदन भरे पनि २६ हजार भन्दा धेरैले परीक्षा नदिएको शिक्षक सेवा आयोगले जनाएको छ ।

२६ हजार भन्दा धेरैले चाहेनन् स्थायी शिक्षक हुन

* सच्याईएको - सं.

प्रतिक्रिया