Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालयलाई जापानबाट २७ लाख सहयोग

शुक्रबार, ३१ असार २०७३

काठमाडौं ३१ असार / गुल्मीको क्षेत्र नम्वर २ अन्तर्गतको सबैभन्दा पुरानो शारदा विद्या मन्दिर माध्यामिक बिद्यालयको भवन निमार्ण सहयोगार्थ वामी सेवा समिति, जापानले आर्थिक सहयोग उपलब्ध गराएको छ । वामी गाविस ५ मा रहेको वामी मैदानस्थित शारदा विद्यामन्दिर माध्यामिक बिद्यालयको १२ कोठे भवन बनाउन उक्त स‌ंस्थाले २७ लाख १२ हजार ५ सय ९४ रुपैया सहयोग उपलब्ध गराइएको हो ।

 
दोश्रो चरण अन्तरगत १३ लाख ३२ हजार १ सय ७८ रुपैया बुधवार विद्यालय भवन निर्माण आर्थिक समितिको खातामा पठाएका हुन् । यसअघि १३ लाख ८० हजार ४ सय १६ गत मार्च ९ तारिक पठाएका थिए ।
 
समितिले २ नंम्वर क्षेत्रकै सबैभन्दा पुरानो बिद्यालयलाई सहयोग गर्ने निर्णय अनुसार रकम उपलब्ध गराइएको जनाएको छ । भवन निर्माणका लागि वामी सेवा समिति जापानका सल्लाहकार सुरेश केसीको संयोजकत्वमा भवन निर्माण आर्थिक संकलन समिति बनाएर रकम जुटाउन सुरु गरेको थियो । विद्यालयमा गरिव र न्यून आर्थिक अवस्थाका ६ सय बिद्यार्थी अध्ययनरत छन् ।

गत बैशाख १२ र २९ गतेको भूकम्पपछि विद्यालय भवन चर्किएर खुलाचौरमा अध्ययन/अध्यापन भइरहेको छ । भवन बनाउन विद्यालय व्यवस्थापन समितिले विभिन्न उपसमिति मार्फत सहयोग जुटाउदै आएको समितिका अध्यक्ष ठगबहादुर खत्रीले बताए ।
 
जीर्ण भवन मर्मत संम्हारमा विद्यालय व्यवस्थापन समितिको पहलमा जिल्ला शिक्षा कार्यालय र जिल्ला बिकास समिति तथा वामीबाट रोजगारीका लागि बिदेशिएका  सबैलाई गरिएको आग्रह अनुसार अत्याधुनिक शैलीमा १२ कोठे भवन निर्माण कार्य सुरु गरिएको बिद्यालयका प्राचार्य ज्ञानहरि सापकोटाले बताए ।
 
सामाजिक कार्यमा लाग्ने उद्देश्यका साथ २००८ मा गुल्मीको वामीबाट अध्ययन रोजगारी तथा व्यापार व्यवसायका लागि आएकाहरुले स्थापना गरेको स‌ंस्था हो । समितिको पहलमा यसअघि सोही विद्यालयमा लाईब्रेरिको समेत व्यवस्था मिलाइएको छ ।

सामाजिक कार्य भएको भन्दै जापानस्थित सिटी एक्सप्रेस  मनि ट्रान्सफरले नि:शुल्क रकम पठाउने व्यवस्था मिलाएको थियो । समितिका सल्लाहकार तथा भवन निर्माण आर्थिक संकलन समितिका संयोजक सुरेश केसीले जापान लगायत अन्य मुलुकमा रहेकाहरुको समन्वयमा थप २३ लाख रुपैया समेत जुटाउने कार्य भइरहेको जानकारी दिए । 

कान्तिपुरमा प्रकाश पन्थीले लेखेका छन् ।

प्रतिक्रिया