Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

त्रिबिबाट यस बर्ष ८३ हजार धेरै विद्यार्थी दीक्षित हुने

बुधबार, २९ असार २०७३

काठमाडौं– त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका मध्ये ८३ हजार ४ सय २५ जना विद्यार्थी यस बर्ष दीक्षित हुने भएका छन् । आगामी पुसमा हुने विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा चार वटा संकाय र पाँच वटा अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीलाई दीक्षित गर्ने त्रिविको बार्षिक बैठकले निर्णय गरेको हो ।  कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बैठक बसेको थियो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यलयमा अनुसार  अनुसार ०७२ सालको जेठ १८ गतेदेखि ०७३ सालको असार १ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षित हुन पाउनेछन् । त्रिविका अनुसार शिक्षा शास्त्र संकायबाट ३१ हजार ४ सय ८, व्यवस्थापन संकायबाट २७ हजार २ सय ३७, मानविकी संकायबाट १५ हजार ९ सय २७ र कानुन संकायबाट ८ सय ५७ जना विद्यार्थी दीक्षित हुने भएका छन् । त्रिबिले विगत बर्षहरुमा जस्तै यस बर्ष पनि दीक्षान्त समारोह दशरथ रंगाशालमै गर्नेछ ।

त्रिवि अन्तर्गत पाँच वटा अध्ययन संस्थान, ३५ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस संचालनमा छन् । उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी त्रिविमा अध्ययनरत छन् । हाल त्रिवि अन्तर्गत २ लाख ९८ हजार ९ सय ९० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति २०७३ असार २९ गते

प्रतिक्रिया