Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

भूकम्पको १४ महिनापछि बल्ल विद्यालय पूनर्निर्माण तालिम !

मंगलबार, २८ असार २०७३

- हरिसुन्दर छुकां / 

कयौं दिन बिते खुला चौरमा थोत्रा भए पाल त
नरहे पछि ती सबै गुँडहरु बस्छन् कहाँ बालक ।
भत्केता पनि शिक्षा मन्दिरहरु भत्केन आशा तर
हाम्रा हातहरु सँधै जुटिरहून् निर्माण खातिर ।

अघिल्लो वर्षको बैशाखको भूकम्पको झल्को ! सँगै भूकम्पले नेपालीहरुलाई नडग्मगाएको भाव सहितको कविता ! भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रको मुख्य हलमा उक्त कविता वाचन भईसक्दा नसक्दै हलै थर्कने गरी सहभागिले थपडी बजाए ।

पछिल्तिर हरियो पर्दा ,त्यस माथि सेतो रंग माथि निला अक्षरहरु लेखिएको थियो, ‘विद्यालय पूनर्निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ । कार्यक्रम आयोजक केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सि एल पि आइयु) का उप सचिव ईश्वरीप्रसाद ज्ञवालीले उक्त कविता वाचन गर्दा त्यहाँ सहभागी सब इञ्जिनियर, इञ्जिनियरदेखि मञ्चमा आशिन विभिन्न व्यक्तिहरु पनि झुक्किए । सबैको ध्यानलाई उद्घोषकले आकृष्ट गर्दै कार्यक्रममा स्वागत गरे ।

कविता बाटै सहभागीहरुलाई भूकम्पको सम्झना गराए, भूकम्प पछि पनि सहज जीवन बिताएको, भूकम्पले पाठ सिकाएको तथ्य महशुस गराए । यो सँगै कार्यक्रमले औपचारिकता पाए पछि साँच्चै भूकम्पले ध्वस्त बनेको विद्यालय बनाउने काममा प्रत्यक्ष सहभागी हुने इञ्जिनियहरु, सब इञ्जिनियरहरु र डिएलपिआइयु (डिष्ट्रिक लेभल प्रोग्राम इम्प्लिमेन्टेशन युनिट) का इञ्चार्जहरुका लागि आयोजित सो तािलमको उद्घाटन कार्यक्रम सुरु भयो ।

भूकम्पको १४ महिनापछि बल्ल पूनर्निर्माणको काममा खटिने व्यक्तिहरुका लागि तालिमको आयोजना गरेको शिक्षा मन्त्रालय र पिआइयुको उक्त कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले निक्कै उत्साहित पारामा मन्तव्य राखे ।

देशमा सरकार परिवर्तनको हल्ला चलिरहे पनि उनले त्यसको कुनै छनक नदिइकन भूकम्पले धरासायी बनेका विद्यालयहरु तीन वर्षभित्रमा बनिसक्नु पर्ने निर्देशन दिँदै विद्यालय पूनर्निर्माणलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउनका लागि सबै पक्षको सहभागिता आवश्यक रहेको बताए ।

भूकम्पको कारण १४ जिल्लाका करिब ६ हजार विद्यालयहरु ध्वस्त भए । शिक्षामा अपुरणीय क्षति भएको सन्दर्भमा अबको विद्यालयलाई पूर्ण रुपमा भूकम्पप्रतिरोधी बनाउने उद्देश्यले भूकम्पबाट प्रत्यक्ष रुपमा प्रभावित १४ जिल्लाबाट सहभागी १ सय ६ जना प्राविधिकहरु, डिएलपिआइयुका १४ जना गरी १ सय २० जनाको लागि सुरु गरिएको तालिममा सहभागीहरुलाई मन्त्री पोखरेलले तालिमबाट प्राप्त ज्ञान र सीपको उपयोग मुख्य भएकोले तालिमलाई प्रभावकारी र उपयोगी बनाउन सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प पछिको पूनर्निर्माणलाई सघाउन गरिएको कार्यक्रम ढिलै भए पनि सकारात्मक भएको टिप्पणी गर्दै पूनर्निर्माणको कामलाई तीब्र बनाउनुको विकल्प नभएको बताए । उनले पूनर्निर्माणको कामलाई पनि विकेन्द्रृत बनाउनुपर्ने, समुदायलाई पूनर्निर्माणमा जोड्नुपर्ने जनाउँदै तीन वर्षभित्रमा बन्ने विद्यालयहरु एकै किसिमको हुनुपर्ने सुझाव दिए ।

‘हामीले तीन वर्ष भित्र हाम्रा सबै विद्यालयहरु बनाउने अठोट गरेका छौं, यसैले त्यो कामलाई पूरा गर्न हामीले तीन वर्षको योजना अहिले नै बनाउनुपर्छ ।’ कार्यकारी अधिकृत ज्ञवालीले भने । उनले प्राविधिकहरु एकोहोरो हुने हुँदा कसरी सामाजिक हुने भन्ने विषयमा र पूर्ननिर्माणलाई अझ प्रभावकारी बनाउनका लागि ‘चाणक्य नीति’ अध्ययन गर्न पनि सुझाए ।

उनी पछि भूकम्प पछिको पूनर्निर्माणलाई अर्थिक रुपमा सहयोग गरिरहेको जाइकाका प्रतिनीधि कोजु नाकामिसाङले सम्बोधन गर्दै विद्यालय पून र्निमाणको कामलाई प्राथकिता दिनुपर्ने जनाए ।

सो क्रममा शिक्षा विभागका महानिर्देशक खगराज बरालले भूकम्पपछिको पूनर्निमाणका लागि राम्रो अवसरको आएकोले तालिममा सिकेका कुराहरुलाई व्यवहारमै उतार्नुपर्ने सुझाव दिँदै प्राविधिकहरुका कारण हुने बेरुजूलाई न्यूनीकरण गर्न पहल आवश्यक भएको बताए भने राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका सदस्य डा. हरिराम पराजुलीले इञ्जिनियरहरु पनि समाज शास्त्री मन भएको बताए ।

उक्त तालिम तीन दिनसम्म चल्ने कार्यक्रम आयोजक एकाइका प्रमुख इमनारायण श्रेष्ठले बताए । तालिमका लागि जाइका, अष्ट्रेलियाली राजदूतावास, डब्लूडब्लु एफलगायतको आर्थिक सहयोग गरेका छन् ।

प्रकाशित मिति २०७३ असार २८ गते

प्रतिक्रिया