Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

अनशन सुरु

सोमबार, २७ असार २०७३

काठमाडौं २७ असार  प्रा.डा.गोविन्द केसीले त्रिवि शिक्षण अस्पताल हाताको अत्यन्त सानो कोठामा आइतबार साँझदेखि आठौं आमरण अनशन सुरु गरेका छन् । गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा सबैको पहँुच स्थापित गर्ने अडानसहित उनी अनशन बसेका हुन् ।
चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधारसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायत माग राखेर उनी अनशन बसेका हुन् । अनशनअघि उनले गणेशमान सिंह नाक, कान, घाँटी भवनको छिँडीमा उभिएर पत्रकारहरूलाई आफ्नो चार बुँदे मागबारे जानकारी दिए । त्यसकै करिब ६ फिट चौडा १० फिट लामो कोठामा उनी अनशन बसेका छन् ।
अस्पताल प्रशासनले अन्य कोठामा ताल्चा लगाउनुका साथै कुनै पनि स्थितिमा नखोल्ने निर्देशन दिएको एक कर्मचारीले बताए । बिजुलीको लाइन रहे पनि बत्ती सुविधासम्म नभएको सानो कोठा डा। केसीको च्याम्बर भएकाले खुल्ला थियो । दुई दिनअघि चिकित्साशास्त्र अध्ययन संस्थानले विज्ञप्ति निकाल्दै डा। केसीलाई शिक्षण अस्पताल परिसरमा अनशन नबस्न चेतावनी दिएको थियो । त्यसमा साथ–सहयोग गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।
डा।केसीले अनशन घोषणा गरिरहँदा अस्पताल परिसरमा अनशनको समर्थन र विरोधमा अलग–अलग समूहले नाराबाजी गरेका थिए । स्वास्थ्य र चिकित्सा शिक्षाका क्षेत्रमा बदमासी गर्नेहरू पुरस्कृत हुने र सही काम गर्नेहरू हतोत्साहित हुने स्थिति विद्यमान रहेको औंल्याउँदै डा।केसीले मुलुकमा गुणस्तरीय चिकित्सा जनशक्तिको निर्माणमा गम्भीर लापरबाही भइरहेको बताए ।
‘अख्तियारले सिर्जना गरेको भय र प्रतिशोधको शृंखलाले राज्यको लोकतान्त्रिक चरित्रप्रति नै गम्भीर आशंका जन्माएको छ,’ उनले भने, ‘सांसदहरू जनताप्रति जिम्मेवार भए तुरुन्त अख्तियार प्रमुखमाथि महाअभियोग प्रक्रिया अगाडि बढाउनुपर्छ ।’ आफ्नो अनशनका क्रममा कुनै पनि रूपले अस्पतालको सेवा र पठनपाठनमा प्रभाव पार्न नदिन डा।केसीले चिकित्सक, विद्यार्थी र कर्मचारीलाई
अनुरोध गरे ।
यसअघि ६ पटकसम्मको अनशन सरकारसँग सम्झौता भएर टुंगिएका थिए । सातांै अनशनको समय मधेस आन्दोलन उत्कर्षमा पुगेकाले उनले मुलुकमा असामान्य परिस्थिति भएको भन्दै स्थगन गरेका थिए ।
हालसम्म ६४ दिन अनशन
डा।गोविन्द केसीले हालसम्म ७ पटक गरी ६४ दिन अनशन बसेका छन् । २०६९ साल असार २१ मा सुरु उनको पहिलो अनशन तीन दिनपछि सरकारसँग सम्झौता गरी तोडिएको थियो । यस्तै दोस्रो अनशन २०६९ साउन २७ गतेबाट भदौ १ गतेसम्म गरी ६ दिनमा टुंगिएको थियो ।
तेस्रो अनशन २०७० साल पुस २७ गते सुरु भएर १४ दिनमा सकिएको थियो । २०७० सालमै फेरि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म ८ दिन लामो अनशन भयो । २०७१ सालमा उनको एउटा मात्र अनशन भयो । यसअन्तर्गत फागुन ८ देखि १९ सम्म गरी ११ दिन चल्यो । २०७२ मा डा।केसीले दुई पटक अनशन गर्नुपर्‍यो । भदौ ७ देखि १९ सम्म १२ दिन र पुनस् असोज २ गतेदेखि १२ गतेसम्म १० दिन ।

माग पूरा नभएसम्म अनशन : केसी

यो अनशन कहिलेसम्म जारी रहन्छ ?
म मेरा चारवटा माग पूरा नभएसम्म अनशन बसिराख्नेछु । ‘एरेस्ट’ गर्ला, अपहरण गर्ला, के गर्ला रु आई डन्ट केयर ९मलाई परवाह छैन० । जबसम्म माग पूरा हुँदैन, अनशन कुनै परिस्थितिमा निरन्तर गरिराख्नेछु ।
प्रधानमन्त्रीले तपाईंलाई छलफल गर्न आज बोलाउनुभएको थियो नि ?
यो अनशनको प्रसंगले सरकार, राज्यपक्षको संवेदनहीनता सबैले थाहा पाए । मुख्य कुरा के हो भने मैले माग प्रस्तुत गरेको दुई सातासम्म केही रेस्पोन्स थिएन । अहिले २ बजे बोलावट भयो । मलाई थाहा थियो कि यो अनशन नबस्नुस् भन्न डाकिएको हो । म प्रधानमन्त्रीकहाँ किन गइराख्ने रु म ४ बजेदेखि अनशन बस्दैछु भन्ने कुरा सबैलाई थाहा छ, अनि त्यही दिन २ बजे बोलाउने रु त्यसबारे १ बजे थाहा दिने रु त्यस कारणले म गइनँ । सरकारको यो संवेदनहीनता र गैरजिम्मेवारीको पराकाष्ठा हो ।
उता लोकमान सिंह बेताज बादशाह भइसके । म यहाँ सातचोटि अनशन बसेको थिएँ, कहिले पनि समस्या भएन । अहिले लोकमान सिंह र प्रधानमन्त्रीले फ्याकल्टी डाक्टर, रेजिडेन्ट, विद्यार्थी, कर्मचारी सबैलाई निर्देशन दिन लगाए कि खबरदार अनशनमा तिमीहरूले सहयोग गर्‍यौ भने कारबाही गर्नेछु । त्यो पनि गैरकानुनी कुरा हो । प्रत्येक पाइलामा लोकमान सिंह र प्रधानमन्त्रीले गैरकानुनी काम गरिरहेका छन् । मैले चौथो पटक अनशन गर्दा नै लोकमानलाई पदच्युत गर्नुपर्छ भनेकै थिएँ ।
तपाईंका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्रीले मागबारे के प्रतिक्रिया देखाउनुभयो ?
प्रधानमन्त्रीले भन्नुभयो एक नम्बरको मागबारे कुरा हुँदैछ । त्यो पनि इमान्दारीपूर्वक भएको छैन । माथेमा प्रतिवेदनमा जति जनतामुखी र विद्यार्थीमुखी बुँदा थिए, त्यो जानी–जानी हटाइयो । हटाइएका बुँदालाई समेटेर संसद्बाट तुरुन्त पारित गर्न हामीले भनेका छौं । तर समेट्नेवाला छैनन् । अख्तियार प्रमुखलाई महाअभियोगको मागमा त कुरै नगर्नुस्, सम्भव छैन भन्नुभयो । अरू मागबारे त्यति कुरै भएन ।

अतुल मिश्रले कान्तिपुरमा लेखेको खबर

प्रतिक्रिया