Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

कोलोम्बो प्लानका महानिर्देशकमा लामिछाने छनौट

शुक्रबार, २४ असार २०७३

काठमाडौं २४ असार / प्राविधिक शिक्षा तथा तालिम परिषद (सीटीइभीटी)का सदस्य सचिव रामहरी लामिछाने कोलोम्बो प्लान स्टाफ कलेज फर टेक्निसियन एजुकेशन (सीपीएससी)को महानिर्देशकमा छनौट भएका छन् ।

छनौट समितिले बिहीबार शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई लामिछाने छनौट भएको पत्र पठाएका थिए । भारत, पाकिस्तान र नेपालका आवेदक 'सर्टलिष्ट'मा परेको थिए । त्यस मध्ये नेपालका आवेदक लामिछाने महानर्देशकमा छनौट भएका हुन् ।

दिर्घकालिन योजना, लक्ष्य, प्रस्तुतीकरण र अन्तरबार्ताको आधारमा उनी छानिएका हुन्  । फिलिपिन्सको मनिलामा रहेको सीपीएससीको कार्यालयमा जुन २३ मा छनौटको प्रक्रिया भएको थियो । यो संस्थाले नेपाल सहित १७ देशको प्राविधिक संस्थाहरु -नेपालको सीटीइभीटी जस्तै)को गुणात्मक अभिबृद्धिको क्षेत्रमा काम गर्दै आइरहेको छ । महानिर्देशकको कार्यकाल तीन बर्षको हुन्छ । काठमाडौं विश्वविद्यालयबाट विपन्न वर्गको प्राविधिक शिक्षामा पहुच बिषयमा विद्यावारिधि गरेका उनले सीपीएससीमा नियुक्ति लिएपछि सीटीइभीटीमा राजिनामा दिने बताए ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया