Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

झोले बिद्यालय चलाउन आदेश

शुक्रबार, २४ असार २०७३


काठमाडौं २४ असार/ जिल्ला शिक्षा कार्यालयले झोले बताउँदै बन्द गराएका सात विद्यालय सञ्चालन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

पुर्वाधार र विद्यार्थी संख्या नपुगेको बताउँदै कार्यालयले जिल्लाका एक सय ४७ विद्यालयलाई कारवाही गरेको थियो । तीमध्येका सात वटाको हकमा अदालती आदेश आएको हो । सञ्चालन माग गर्दै विद्यालय सञ्चालकले सर्वोच्चमा शिक्षा कार्यालयविरुद्ध मुद्दा दर्ता गरेका थिए । विभिन्न मितिमा सुनुवाई गर्दै सर्वोच्चले मुद्दाको अन्तिम फैसला नहुञ्जेलसम्मका लागि विद्यालय नियमावली अनुसार सञ्चालन गर्न दिन आदेश दिएको हो ।

श्रीराम प्रावि झौवा भसेडवा ८ र श्रीमाँ सरस्वती प्रावि लक्ष्मिनिया २ लाई सञ्चालनमा ल्याउन गत असार ९ मा आदेश दिएको थियो । यस्तै, मेथुरपनिया यादवप्रावि शीतलपुर ९, रामअवतार राय यादव प्रावि सोनरनिया ५, महादेव प्रावि जेठरहिया २, टेटा फुलकलिया प्रावि शीतलपुर ४ र मदर्सा तालिमुल कुरान गौर ११ लाई असार १३ मा सर्वोच्चले सञ्चालन गर्न आदेश दिएको सहायक जिल्ला शिक्षा अधिकारी प्रहलाद वर्णवालले बताए । बन्द भएका विद्यालय कसरी सञ्चालनमा ल्याउने भनेर अन्योलमा परेका छौं, उनले भने ।
पवन यादवले कान्तिपुरमा लेखेको खबर





प्रतिक्रिया