Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

भुकम्प पीडित विद्यार्थीको छात्रवृत्ति बेचिएको आरोप

विहीबार, २३ असार २०७३

काठमाडौ - भुकम्प पीडित आठ सय बढी विद्यार्थीको लागि सरकारले उपलब्ध गराएको छात्रवृत्ति आर्थिक लेनदेनमा विक्री गरिएको भुकम्प पीडितहरुले आरोप लगाएका छन ।

भुकम्प पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरेर सरकारले छात्रवृत्ति उपलब्ध गराए पछि सीटीईभीटीले अपारदर्शी रुपमा विद्यार्थीको विवरण सार्वजनिक नगरी छात्रवृत्तिमा घोटाला गरेको आरोप लगाएका हुन् । 

तारकेश्वर नगरपालिका बडा नम्बर ७ का भुकम्प पीडित राजकुमार परियारले सीटीईभीटीबाट दिईएको छात्रवृत्ति अपरादर्शी बनाईएकोले उनीहरुले त्यसमा  आर्थिक लेनदेन गरेको आरोप लगाए । 'छात्रवृत्तिको परिक्षामा लगभग दुई सय जना मात्रै विद्यार्थी सहभागि भएकोमा आठ सय जनालाई कसरी छात्रवृत्ति दियो ?' उनको प्रश्न थियो । 

उनले आफूहरुले बुझ्न खोज्दा सीटीईभीटीसँगै राष्ट्रिय दलित आयोगले समेत थाह नदिएको भन्दै दलितको नाममा आएको बजेट बास्तविक दलितको नपुर्याई गोलमाल गर्ने आयोग खारेज गर्नु पर्ने माग गरे ।
उनले यो विषयमा शिक्षा मन्त्री सहित सरकारले छानविन गरेर बास्तविक भुकम्प पीडितलाई दिएको छात्रवृत्तिको दुरुपयोग रोक्नु पर्ने माग गर्दै छात्रवृत्तिको बास्तविकता सार्वजनिक गर्न माग गरे ।

प्रकाशित मिति २०७३ असार २३ गते

प्रतिक्रिया