Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

भुकम्प पीडित विद्यार्थीको छात्रबृद्धि बेचिएको आरोप

विहीबार, २३ असार २०७३

काठमाडौ - भुकम्प पीडित आठ सय बढी विद्यार्थीको लागि सरकारले उपलब्ध गराएको छात्रबृत्ति आर्थिक लेनदेनमा विक्री गरिएको भुकम्प पीडितहरुले आरोप लगाएका छन । भुकम्प पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरेर सरकारले छात्रबृत्ति उपलब्ध गराए पछि सीटीईभीटीले अपारदर्शी रुपमा विद्यार्थीको विवरण सार्वजनिक नगरी छात्रबृत्तिमा घोटाला गरेको आरोप लगाएका हुन् ।

तारकेश्वर नगरपालिका बडा नम्बर ७ का भुकम्प पीडित राजकुमार परियारले सीटीईभीटीबाट दिईएको छात्रबृत्ति अपरादर्शी बनाईएकोले उनीहरुले त्यसमा आर्थिक लेनदेन गरेको आरोप लगाए । 'छात्रबृत्तिको परिक्षामा लगभग दुई सय जना मात्रै विद्यार्थी सहभागि भएकोमा आठ सय जनालाई कसरी छात्रबृत्ति दियो ?' उनको प्रश्न थियो ।

उनले आफूहरुले बुझ्न खोज्दा सीटीईभीटीसँगै राष्ट्रिय दलित आयोगले समेत थाह नदिएको भन्दै दलितको नाममा आएको बजेट बास्तविक दलितको नपुर्याई गोलमाल गर्ने आयोग खारेज गर्नु पर्ने माग गरे ।

उनले यो विषयमा शिक्षा मन्त्री सहित सरकारले छानविन गरेर बास्तविक भुकम्प पीडितलाई दिएको छात्रबृत्तिको दुरुपयोग रोक्नु पर्ने माग गर्दै छात्रबृत्तिको बास्तविकता सार्वजनिक गर्न माग गरे ।

प्रकाशित मिति २०७३ असार २३ गते

प्रतिक्रिया