Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

छात्रवृत्तिको लागि फारम भर्नेको भीड

विहीबार, २३ असार २०७३

काठमाडौं २३ असार / गरिब तथा जेहन्दार विद्यार्थीलाई प्रवेशिका परिक्षा पश्चात उच्च शिक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । बोर्डले गरिबीको रेखामुनी रहेका जेहेन्दार, अपांग, दलित/मधेशी, मुस्लिम, आदिवासी जनजाती, सहिद एवम् बेपत्ता परिवारका छोराछोरी, जनआन्दोलन तथा मधेश आन्दोलनका घाइते र दुर्गम तथा पिछडिएको क्षेत्रका विद्यार्थीहरुलाई छात्रवृत्ति बैंक कार्यक्रम अन्र्तगत उच्च माध्यामिक तहमा निशुल्क पठनपाठन गराउँदै आएको छ ।

बोर्डले उक्त छात्रवृत्तिको लागि २०७२/०७३ को लागि आवेदन खुल्ला गरेको छ । यहि असार २७ गते आवेदन खुल्ला रहने र साउन १ गते परिक्षा हुने बोर्डले जनाएको छ । आवेदन भर्नको बोर्डका शाखाहरुमा लागि देशभरका सरकारी तथा संस्थागत विद्यालयबाट प्रवेशिका परीक्षा उत्तिण गरेका विद्यार्थीको भीड लागेको छ ।

कारोबारमा खबर छ

प्रतिक्रिया