Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

मन्त्रालयले २३ हजार शिक्षक दरबन्दी खुलाउने

सोमबार, २० असार २०७३

काठमाडौं २० असार / ट्रेड युनियनको नाममा शिक्षामा बेतिथि मच्चाउने काम स्वीकार्य नहुने धारणाशिक्षामन्त्री गिरिराजमणि पोखरेलले व्यक्त गरेका छन् ।शिक्षा विधेयक आठौं संशोधन प्रमाणीकरण भएपछि कार्यान्वयनका सन्दर्भमा महोत्तरी, बर्दिबासमा आइतवबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘एउटा शिक्षक वर्षौंसम्म एकै ठाउँमा बसेर बेथिति निम्त्याउने कामलाई शिक्षा नियमावलीले लगाम लगाएको छ ।’ शिक्षा विधेयक कार्यान्वयनका लागि दलहरू एक भएर अघि बढ्नुपर्ने बताउँदै युगसँगै परिस्थितिमा पनि परिवर्तन आएकाले शिक्षामा बेतिथि ल्याउनेविरुद्ध कडाइका साथ प्रस्तुत हुने उनले बताए । ‘शिक्षकले विद्यालयलाई जागिर पकाउने स्थलको रूपमा लिन नहुने बताउँदै समाज परिवर्तन गर्ने थलोको विद्यालयलाई शिक्षकले विकास गर्नु जरुरी छ,’ मन्त्री पोखरेलले भने ।

विद्यालय शैक्षिक प्रशासनको मेरुदण्ड हो भन्दै मन्त्री पोखरेलले भने, ‘उच्च शिक्षा पढ्न चाहनेलाई प्रमाणपत्र धितो राखी शैक्षिक ऋण दिने व्यवस्था शिक्षा विधेयकमा उल्लेख छ ।’ व्यवस्थापन समिति र विद्यालय प्रशासनले विद्यालयमा शौचालय, सुरक्षा, पुस्तकालयजस्ता पूर्वधारहरू निर्माण अघि बढनुपर्नेमा जोड दिए ।

माध्यमिक र उच्च माध्यमिक तहमा हाल २३ हजार शिक्षकको आवश्यकता रहेको बताउँदै अर्थ मन्त्रालयसँग बजेट माग गरी दरबन्दी खुलाउन लागिपरेको समेत मन्त्री पोखरेलले जानकारी दिए । हाल ४० हजार राहत र १५ हजार अस्थायी शिक्षक कार्यरत रहेकोले खुला प्रतिस्पर्धाबाट स्थायी हुने व्यवस्था ऐनले बाटो खुल्ला गरेको उनले बताए ।

राहत शिक्षकहरूलाई ७ वर्षभित्र दरबन्दी मिलान गर्दै र ५० वर्ष पुगेका शिक्षकलाई स्वेच्छिक अवकाशको व्यवस्था गर्न लागिपरेको बताउँदै उनले भने, ‘३४ हजार बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताको तलब अन्तर्राष्ट्रिय श्रमको कानुनअनुसार ६ हजार पु¥याउने नीति सरकारले लिएको छ ।’

राजधानीमा खबर छ ।

प्रतिक्रिया